स्वास्थ्य चौकीका कर्मचारीमा कोरोना देखिए पछि खोप प्रभावित

सल्यान, १६ पुस ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका, १ मा रहेको देवस्थल स्वास्थ्य चौकीका ३ जना कर्मचारीमा कोरोना रिपोर्ट पोजेटिभ देखिए पछि एक हप्ताका लागि स्वास्थ्य चौकीमा इमर्जेन्सी वाहेका सेवा बन्द गरिएको छ ।

देवस्थल स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीमा कोरोना देखिए पछि प्रसुती सेवा वाहेक अन्य सेवा बन्द गरिएको स्वास्थ्य चौकी इन्चार्ज भुमा वलीले जानकारी दिनु भएको छ ।

साथै प्रत्येक महिनामा वालवालिकालाई लगाइने नियमित खोप समेत प्रभावित भएको छ । कोरोना पोजेटिभ कर्मचारी भने होम आइसुलेसनमा रहेको जनाएको छ । उहाँहरुलाई भने लक्षण सहितको कोरोना देखा परेको जनाएको छ । साथै अन्य कर्मचारीको स्वाव लिएर परिक्षण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस

<