सम्पादकीय : देश जनताले नै बनाउने हो, समय खेर नफालौं


प्रसंग देशभर चलेको आन्दोलनको हो ।

जननिर्वाचित सरकारका प्रधानमन्त्रिले संसद् विगठन गराएको र देशलाई प्रतिगमनतर्फ धकेलेको भनेर अहिले केपी सरकारविरुद्ध देशभर आन्दोलन भइरहेको छ । केपीलाई सजिलोसित काम गर्न दिएको अवस्था थिएन ।

पार्टिभित्रै दुुश्मन सलबलाएपछि ओली निकै संकटमा थिए । एकातिर लामो समय जनयुुद्ध गरेर सत्तामा आएको माओवादीसित एकताको कुुरामा भागबन्डा मिलिरहेको थिएन, अर्कोतिर आफ्नै पार्टीभित्र विभिन्न गुटहरु देखा परेपनि तिनीहरुलाई चित्त बुुझाउन नसकेको कारण अहिलेको अवस्था आएको हो ।

नेपालमा लामो समय कुुर्सिकेन्द्रित राजनीति चलिरहेको छ । आफूू सत्ता र शक्तिमा पुुग्न वा रहिरहना अनेक षड्यन्त्र हुने गरेका छन् । हामीले राणा शासनको कुरा सुुनेका छौं, राजा महेन्द्रको कुरा सुनेका छौं, राजा विरेन्द्रको शासन भोगेका छौं, संगसंगै राजा ज्ञानेन्द्रको शासन पनि देखेका छौं ।

जनता भनेका सधैं हात्तिका देखाउने दाँत जस्ता मात्रै भए, मूूल कुुरा त शक्ति बाँडफाँड्मै गएर अड्किएको छ । राणा र राजाले मात्रै निरंकुशता लादेनन्, जननिर्वाचित नेतृत्वहरुले पनि सत्तामा पुुगेपछि त्यहि बेहोरा देखाईरहेका छन् । जनता भनेका सत्ताका लागि भर्याङको रुपमा रहेका छन् ।

पंचायत देखि अहिलेसम्मका सवै नेतृत्वको दशा त्यहि नै हो । बरु देशका लागि लडेका त उनै मरिचमानसिंह नै हुुन् । विदेशीसित झुुक्नुुहुुदैन भनेर उनले तत्कालीन समयमा भारतको हेपाहाप्रवृत्तिको विरुद्धमा रहेका थिए । भारतले नाकाबन्दी गर्दा पनि चिनसित सम्बन्ध बढाएर नागरिकलाई राहत दिएका थिए ।

हुुनत निरंकुुश शासकहरु धेरैले आफ्नो सत्तालाई निरन्तरता दिन सकेका छैनन् । केही पारिवारीक संरचनाकै कारण पनि त्यो असंभव भएको छ र कतिपय अकल्पनीय दुुर्घटनाका कारण त्यो असम्भव भएको छ ।

तर पनि स्वभाव भने सवैको त्यस्तै देखिएको छ । जसरी भएपनि सधैं आफैले शासन चलाउने सोच अपवाद्बाहेक सवै नेताले बनाए । चाहे सूूर्य बहादुुर थापाको कुरा गरौं, चाहे गिरीजा प्रसाद् कोइरालाको कुुरा गरौं, चाहे शेर बहादुुर देउवाकै कुरा गरौैं, चाहे प्रचण्डकै कुुरा गरौं, चाहे केपी ओलिकै कुरा गरौं । यी सवैले आफुु सत्तामा नहुुनेहो भने देशै बर्वाद् हुुन्छ भन्ने भ्रम फैलाए । आफूू नहुदा पनि देश चलिरहन्छ भन्ने कुुरा उनीहरुले कहिले पनि बुुझ्न चाहेनन् ।

जनताले नेताहरुको चरित्र सवै बुुझिसकेका छन् । विश्वका सम्पन्न देशहरुमा राजनीति कम गर्छन् र विकास निर्माणका काम बढी गर्छन् । तर हाम्रो जस्ता अल्पविकसित देशहरुमा राजनैतिक दलहरुको पछि लागेर समय वर्वाद् पार्ने काम ठिक होइन भन्ने कुरा अब सवै बुुझ्न जरुरी छ । गरिब जनता कसैका सत्ताको भर्याई मात्रै कतिसम्म भैदिने ? अब सोच्नुुपर्नेबेला आएको छ ।

आवधिक निर्वाचनमा मत हालेर सकेसम्म असल नेता छान्नुुपर्छ, यसमा दुुइमत छैन, तर पेशा नै राजनीति हो जस्तै गरेर सर्वसाधारण जनताले समय खेर नफालौं ।

आफ्नो कामधन्दा छोडेर आन्दोलनमा होमिदा एकैदिनमा अरबौं रुपँयाको समय खेर जान्छ, गएको समय फेरी फर्केर आउदैन । देश बनाउने जनताले नै हो, असल नेतृत्वले अवसर र श्रोत जुुटाईदिने हो, तर न अबसर जुुटाउने, न श्रोत जुुटाउन सक्ने नेतृत्व नेपालीहरुले पाएका छौं ।

अतः अब कसैको पनि झोले बनेर नहिडौं, आवधिक निर्वाचनमा सहभागी बनौं, अरु समयमा आफ्नो व्यापार, व्यवशाय वा जुुन पेशा छ, त्यसमै लागौं ।

आज एउटा पार्टीको आन्दोलनमा ५० लाख जनताको काम नोक्सानी गरेको छ, भोलि अर्को पार्टीका कार्यक्रमले ३० लाख जनताको समय र काम वर्वाद गरेको छ, पर्सि अर्को पार्टीका कार्यक्रमले ४० लाख जनताको काम नोक्सानी गरेको छ, देश दिनदिनै वर्वादीको दिशामा गएको छ । यसप्रकारका क्रियाकलापबाट अब नागरिकहरु सचेत बन्नुपर्दछ । देशको सीमा मिचिएको वखत जागौं बरु सवै एकैपटक । तर कुुनै नेताको कुर्सिका लागि समय र श्रम कत्ति पनि खेर नफालौं ।

प्रतिक्रिया दिनुहोस