निराजन माध्यामिक विद्यालय ढोरचौरमा कम्प्युटर प्रयोगशाला उद्घाटन


सल्यान, १६ साउन ।
सिद्धकुमाख गाउँपालिका–३ ढोरचौरमा रहेको निराजन माध्यामिक बिद्यालयमा कम्प्युटर प्रयोगशालाको उद्भघाटन गरिएको छ ।

सिद्धकुमाख गाउँपालिका शिक्षा क्षेत्रबाट निराजन मावि ढोरचौरमा कम्प्युटर प्रयोगशाला, देउराली मावि कुइयाँझोलमा पुस्तकालय र शान्तीसुन्दर मावि खार्वनमा विज्ञान प्रयोगशाला तयार भएका छन ।

हरेक वर्ष शिक्षाको क्षेत्रमा विनियोजन हुने बजेटलाई सहि ढंगले कार्यान्वयन गर्न सकियो भने मात्र शैक्षिक उपलव्धि हुन सक्ने कार्यक्रममा वोल्ने अतिथिहरुले राखेका थिए ।

कम्प्युटर प्रयोगशालामा सवैभन्दा पहिला शिक्षक स्वंमले तालिम लिने प्रधानध्यपक धर्मराज घर्तिले बताए ।
शिक्षक आफु पहिला सूचना प्रविधिको क्षेत्रमा सक्षम भएपछि मात्रै यसको प्रयोगबारे विद्यार्थीमा सिप हस्तान्तरण गर्नेछन ।

प्रतिक्रिया दिनुहोस