योगेश भट्टराईले लिए पर्यटनमन्त्रीको सपथ

साउन १५ गते,
काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले पद तथा गोपनियताको सपथ लिएका छन्। भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् ।

सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरालगायत उपस्थित थिए।

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिउँसो भट्टराईलाई बालुवाटार बोलाएर मन्त्रालयको जिम्मेवारी सम्हाल्न भनेका थिए।

तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए ।

भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य हुन् । चुनाव प्रचारमा जाँदा नै ओलीले भट्टराईलाई चुनाव जिताए मन्त्री बनाउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

<