मंगलबारको गाठेमंगल गथांमुग सल्यान श्रीनगर (फोटो फिचर)

सल्यान, १५  साउन ।
मंगलबार गाठेमंगल गथांमुग अर्थात घण्टाकर्ण नेवार समुदायमा मनाइने वर्षभरिकै पहिलो चाड हो गथांमुग साउन कृष्णपक्षको चतुदर्शी तिथिका दिन पर्ने यो पर्वलाई घण्टाकर्ण चतुर्दशीु पनि भनिन्छ । मंगलबार नर्कट र छ्वालीको लिङ्गाकृत तीनखुट्टे गथांमुगः बनाई टोलका दोबाटो चौबाटोमा ठड्याईन्छ ।

गथांमुगः ठड्याएपछि केटाकेटीहरुले दिनभरि बाटोमा डोरी टाँगेर वा तघारो तेर्स्याएर बटुवाहरुसंग घण्टासुरलाई जगात देऊ भनी पैसा माग्ने चलन रहेको छ । बेलुकीपख छ्वालीको चिराग समात्दै टोलबासीहरु गथांमुगःको तीनपल्ट परिक्रमा गरेर ढालेपछि यसलाई नजिकको नदिमा लगेर दहन गर्ने गरिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस

<