नाकाबन्दीका ‘सुत्राधार’ भारतमा मन्त्री, नेपालमा देखियो यस्तो आशंका

जेठ १७ गते, २०७६

 

काठमाडौं । नेपालमा संविधान जारी हुनै लाग्दा अन्तिम समयमा भारतले संविधान रोक्नको लागि दबाब दिइरहेको थियो । उसले आफ्नो विशेष दुतको रुपमा सुब्रमण्यम ९एस० जयशंकरलाई पठाएर संविधान जारी नगर्न भनेको थियो । भारतले मुख्यतः देखिनेगरि भनेको विषय, मधेशी समुदायका मुद्दाहरुलाई संस्थागत गर्ने गरि समेट्नु भन्ने थियो ।

संविधान जारी गर्नुपूर्व अर्थात ०७२ असोज १ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुतको रुपमा सुब्रमण्यम ९एस० जयशंकर एक टोलीसहित नेपाल आएका थिए । उनले तत्कालिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता सुशील कोइराला, तत्कालिन एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शिर्ष नेताहरुलाई भेटेर संविधान जारी नगर्न भनेका थिए । सञ्चार माध्यम मार्फत पनि खुलमखुल्ला संविधानमा मधेशीको मुद्दा समेटिनु पर्ने भन्दै भारतीय पक्षबाट दबाब आईरहेको थियो । तर, एकाएक नेपालमा संविधान जारी भयो ।

जसको प्रतिक्रिया भारतीय पक्षबाट लगत्तै आयो । नसोंचिएको नाकाबन्दी नेपालीले व्यहोर्नु पर्यो । आज तिनै संविधान जारी नगर्न दबाब दिने अनि नाकाबन्दीका सुत्राधारको रुपमा रहेका सुब्रमण्यम ९एस० जयशंकर मोदीको दोस्रो कार्यकालमा मन्त्रीको रुपमा आएका छन् । भारतीय मिडियाले जनाएअनुसार पूर्व विदेश सचिव तथा कुटनीतिका राम्रो जानकार जयशंकर विदेश मन्त्री हुँदैछन् ।

जयशंकरप्रति राजनीतिक तथा बौद्धिक जगतमा यस्तो शंका
एस् जयशंकरलाई मन्त्री बनाइएपछि नेपाली राजनीति तथा बौद्धिक जगतमा अनेकन खालका शंकाहरु पैदा भएको छ । धेरैले यसले नेपाल र भारतबीचको कुटनीतिक सम्बन्धमा फेरि समस्या पैदा हुने शंका गरेका छन् । कतिपयले फेरी पनि नाकाबन्दी हुनसक्ने भन्दै नेपाली पक्षलाई सजग रहन सुझाएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराई एस् जयशंकरको आगमनले दुई देशबीचको सम्बन्धमा अनेकन शंकाहरु पैदा भएको बताएका छन् । उनले ट्वीट मार्फत लेखेका छन्,‘नेपालको संविधान जारी हुने बेला नेपाल आएर चर्चामा रहेका तत्कालीन भारतीय विदेश सचिव एस् जयशंकर अहिले मन्त्री बनेकाले दुई देशबीचको सम्बन्ध आगामी दिनमा कस्तो बन्ला रु स्वभाविक जिज्ञासाको विषय बनेको छ ।’ भट्टराईले पहिलाको अनुभवलाई ख्याल गर्न ट्वीट मार्फत आग्रह गरेका छन् ।

राजनीतिक विश्लेषक किशोर नेपाल पनि एस जयशंकरलाई मन्त्री बनाइपछि नेपालीहरुमा बेग्लै खालको त्रास पैदा भएको टिप्पणी गरेका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘भारतमा प्रधानमन्त्री मोदीले एस जयशंकरलाई मन्त्री बनाएपछि केहि ‘बौद्धिक’ नेपालीमा नाकाबन्दीको त्रास बाक्लिएको छ । नेपाल विरुद्ध नाकाबन्दी लगाउन जयशंकर मन्त्री बनाइएका होइनन होला । नेपालीका मनमा यो त्रास किन बाक्लो छ रु प्रम मोदीले बुझेका त होलान नि १’

द काठमाण्डु पोष्टका पत्रकार अनिल गिरी पनि अबको भारतीय पेलान सामान्य खालको नहुने आशंका व्यक्त गर्दछन् । उनले ट्वीट मार्फत लेखेका छन्, ‘अघिल्लो कार्यकालमा नाकाबन्दी लगाएर तनाव दिए । दोस्रो कार्यकालमा नाकाबन्दीका सुत्रधार मध्येका एक एस जयशंकरलाई मन्त्री सम्भवतः विदेश मन्त्री नै बनाएर अर्को पाँच वर्ष नेपालीलाई चैनसँग सुत्न देलान जस्तो छैन त मोदीले ।’

को हुन् जयशंकर, किन यति डर ?

भाजपाबाट मन्त्री बनेका जयशंकर गैरराजनीतिक क्षेत्रबाट आएका कुटनीतिमा दखल राख्ने व्यक्ति हुन् । जेएनयूबाट पीएचडीसमेत गरेका उनि परमाणु कुटनीतिका राम्रो जानकार मानिन्छन् । जयशंकर अन्तराष्ट्रिय रुपमै कुटनीतिक क्षेत्रमा परिचित व्यक्ति हुन् । जयशंकरलाई भारतमा प्रमुख रणनीतिक विश्लेषकका रुपमा समेत मानिन्छ ।

सन् २०१५ मा मोदी सरकार आएको करिब आठ महिनापछि विदेश सचिवमा जयशंकरले नियुक्ती पाएका थिए । मोदी सरकारले तत्कालिन कांग्रेस सरकारले नियुक्त गरेको सुजाता सिंहलाई पदबाट हटाएर जयशंकरलाई नियुक्ती गरेको थियो । भारतीय मिडियाले उल्लेख गरेअनुसार पूर्वप्रधानमन्त्री मनमोहन सिंहले पनि आफ्नो कार्यकालमा जयशंकरलाई विदेश सचिव बनाउन चाहेका थिए । अन्तराष्ट्रिय रुपमै राम्रो कुटनीतिज्ञ भएको कारण पनि मोदी सरकारले जयशंकरलाई मन्त्री बनाएको हो ।

मन्त्रालय नतोकिए पनि मोदी क्याबिनेटमा उनले विदेश मन्त्रीको जिम्मेवारी पाउने प्रबल सम्भावना रहेको छ । मोदीको अघिल्लो कार्यकालमा सुष्मा स्वराज विदेश मन्त्री थिइन् ।

संविधान जारी हुनु २ दिन अगाडि जयशंकर मोदीको विशेष दुतका रुपमा नेपाल आइपुगेका थिए । उनले सिधा(सिधा शिर्ष नेतृत्वलाई चेतावनीपूर्ण शैलीमा दबाब दिएका थिए । दबाबले काम नगरेपछि उनी नेपालमा नाकाबन्दी लगाउन पनि पछि परेनन् । जसको नराम्रो असर नेपाल र नेपालीले भोग्नु पर्यो । भूकम्पबाट थिलो थिलो भएको नेपाली अर्थतन्त्रमा नाकाबन्दीले लामो समयसम्म असर गरेको थियो ।

केहि सन्तुलित जस्तो देखिएको पछिल्लो दुई देशबीचको सम्बन्धमा जयशंकरको आगमनसँगै शंकाहरु उत्पन्न हुनु स्वभाविक पनि हो । यदि जयशंकर विदेश मन्त्रीमा आए भने पुरानै शैली दोहोरिन्न भन्ने आधार छैन् । देंखिदा सन्तुलित जस्तो सम्बन्धमा अहिले पनि भारतीय इन्टेस्टका मुद्दाहरु प्रशस्तै छन् । जसको फाइदा कमजोर कुटनीतिक क्षमता भएको देशमा सोझै पर्न सक्ने मान्न सकिन्छ ।
जेठ १७ गते, २०७६ ( १३स्२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

<