नेकपा अध्यक्ष प्रचण्ड पत्नी दाहाल घर फिर्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहाल स्वास्थ्यलाभ गरी सोमबार निवास फकिएकी छन् । यही माघ ६ गतेदेखि ललितपुरको सुमेरु अस्पतालमा उनको भाइरल ज्वरोको उपचार भइरहेको थियो ।

उनको स्वास्थ्यमा सुधार आएपछि सोमबार मध्याह्न घर फिर्ता गराइएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । उनलाई आइतबार सघन उपचार कक्षबाट सामान्य कक्षमा सारिएको थियो ।

उपचारमा संलग्न चिकित्सक डा अशोक अधिकारीका अनुसार सामान्य कक्षमा उनको निगरानीपछि स्वास्थ्यमा सुधार देखिएपछि निवास फर्किएकी हुन् । रासस

प्रतिक्रिया दिनुहोस

<