प्रदेश ५ को राजधानी तोक्न शुक्रबार देखि छलफल

देश नम्बर ५ को स्थायी राजधानी तोक्न शुक्रबार देखि छलफल शुरु गर्ने प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी सोनामले बताएका छन् । त्यसका लागि एउटा समिति पनि बनेको उनको भनाई छ ।

बुधबार दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ को माबि सिमसुन्दरपुरमा अध्यक्षकप रनिङ्शिल्डको उद्घाटन गर्दै उनले प्रदेशका १२ वटै जिल्लाका बासिन्दालाई पायक पर्ने ठाउँमा प्रदेश राजधानी तोक्ने समेत बताएका छन् । अहिले प्रदेशको राजधानीका नाममा प्रदेशलाई टुक्राउने षडयन्त्र भईरहेको पनि खुलाएका छन् ।

साथै उनले शान्तिनगर गाउँपालिकाको केन्द्र पनि गाउँपालिकाका ७ वटै वडाका नागरिकलाई पायक पर्ने ठाउँमा राख्न पनि सुझाब दिए ।

प्रतिक्रिया दिनुहोस

<