अस्पताल सिलान्यास गर्नै अध्यक्ष सेनले भनेः स्वास्थ्य क्षेत्रमा ठूलो र महत्वपूर्ण लगानी


सल्यान, १५ मंशिर ।

नागरिकलाई गुणस्तरीय र आधारभुत स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्य अनुरुप सल्यानको कपुरकोट गाउँपालिकामा १५ सैयाको अस्पताल निर्माण हुने भएको छ ।

अस्पतालको सोमबार गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले सिलान्याश गरेका छन् । सरकारी स्वामित्व रहेको कपुरकोट ३ स्थित पाखापानी सामुदायीक वन समुह नजिकैको जमिनमा अस्पताल निर्माण हुने भएको हो ।

अस्पतालको सिलान्यास गर्दै अध्यक्ष सेनले आगामी दुई वर्ष भित्र नै अस्पताल निर्माण भइसक्ने गरी काम अगाडी बढाइएको बताए । स्वास्थ्य क्षेत्रमा यो निकै ठूलो र महत्वपूर्ण लगानी भएको जनाउँदै उनले गाउँमै १५ सैयाको अस्पताल निर्माण गर्ने सरकारको निर्णयले देशवासीमा खुसी छाएको बताए ।

शंकर केसीले सहजिकरण गरेको कार्यक्रममा कपुरकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहालले पालिकामा निर्माण हुने अस्पतालबाट आधारभूत उपचार संगै स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहितको सेवा उपलब्ध हुने विश्वास ब्यक्त गरे ।

यस्तै वडा नं २ का वढडा अध्यक्ष मान बहादुर राना, वडा नं. ३ का वडा अध्यक्ष मिन बहादुर सेन, वडा नं ४ का वडा अध्यक्ष हरिलाल पुन, वडा नं ६ का वडा अध्यक्ष हेरम बहादुर बुढाथोकी, नेपाल कम्युनिष्ट पार्टी कपुरकोटका अध्यक्ष घनश्याम शर्मा, नेपाली कांग्रेस कपुरकोटका प्रतिनिधी भुप बहादुर यरी लगाएतले शुभकामना मन्तव्य राख्दै गाउँमै अस्पताल निर्माण कार्य थालनि भएसंगै अव छिट्टै नागरिकहरुले स्थानीयस्तरमा गुणस्तरिय स्वास्थ्य सेवा पाउने अपेक्षा ब्यक्त गरे ।

३ सय ९६ स्थानीय तहमा भवन निर्माणका लागि यो वर्ष ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ निकासा भएको संघीय मामिला मन्त्रालयले जनाएको छ । अस्पताल निर्माण र उपकरण जडानका लागि करिब ५८ अर्ब रुपैयाँ खर्च हुने सरकारको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस

<