अब हिन्दुुराष्ट्र हुुनै सक्दैन र हुुनुुपनि हुदैन

मुलुुकको शानसव्यवस्थामा अँझै पनि थुुप्रै चुुनौतिहरु छन् । दश वर्षे जनयुुद्ध, १९ दिने एैतिहासिक जनआन्दोलन, मधेश आन्दोलन, नाकावन्दी, संविधानसभा, संविधानसभाबाट संविधान निर्माण, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी शासनप्रणाली जस्ता विभिन्न ऐतिहासिक उपलब्धी र परिवर्तन भएपनि नागरिकहरुले खोजेको व्यवस्था अँझै हुुन सकेको छैन । मुलुक संघीय संरचनामा गएपछि स्थानीय सरकारको महत्वपूूर्ण जिम्मेवारी आएको छ ।

एकातिर विकास निर्माण र अर्कोतिर ऐतिहासिक उपलब्धी संस्थागत गर्ने उदेश्य अनुुरुप नेतृत्वले बोलेका कुराहरु जनस्तरमा लैजाने जिम्मेवारी पनि स्थानीय तहका नेतृत्वहरको छ । स्थानीय सरकारको आफ्नै बजेट नभए पनि स्थानीय सरकारहरु निकै बलिया भएका छन् । संविधान सभापछि बनेको नयाँ संविधान र सोहि संविधान अन्तर्गत निर्वाचित स्थानीय सरकारको एक अवधी सकिनै लागेको छ । पाँच वर्षमध्ये चार वर्ष पार गरिसकेको अवस्था छ ।

यसै सन्दर्भमा स्थानीय सरकारका कामकारबाहीहरुको समीक्षा गर्ने क्रम पनि सुुरु भएको छ । समिक्षा सवैतिरबाट हुने गर्दछ । एकातिर नेतृत्वका विचारधारा, उनको व्यबहार, कार्यशैली र अर्कोतिर आम नागरिकहरुको अपेक्षा र आम नागरिकहरुले पाएका विकास निर्माण एबं सेवा सुविधाहरुबारे पनि समीक्षा हुने गर्दछ । समीक्षा सरकारमा रहेकाहरुले मात्रै गर्दैनन्, त्यो समीक्षा नागरिक समाज र सञ्चारजगतले पनि गरिरहेको हुुन्छ । यसबीचमा कतिपय हिजोका नेताहरुका बोलि फेरीन थालेका छन् । कतिपयका बोली हिजोका जस्तै पनि छन् । नागरिकस्तरमा भने असन्तुुष्टि चुुलिएकै छ ।

हिजो र आजलाई तुलना र समीक्षा गर्दै यस कुुमाख दैंनिक खवरपत्रिकाले पनि जिल्लाका स्थानीय सरकारहरुले गरेका कामहरुबारे जानकारी लिने र नेतृत्वका विचार जनस्तरमा लैजाने काम गर्दै आएको छ । यसबीचमा स्थानीय सरकारमा रहेका जनप्रतिनिधिको पृष्ठभूूमि, जनप्रतिनिधिले सम्पन्न गरेका महत्वपुर्ण कामहरु, जनस्तरमा प्रवाह गरेका प्रतिवद्धताहरु, विचारधाराहरु, काम गर्दाका वखत आईपरेका चुुनौतिहरु, गर्न चाहेर पनि गर्न नसकेका कामहरु लगायतका विविध विषयमा जानकारी लिने र प्रकाशन गर्ने जमर्को गरेका छौं ।

आजको यस अंकमा सल्यानको दार्मा गाउँपालिकाका अध्यक्ष श्री निम बहादुुर के.सी.(अरुण) संगको कुुराकानीलाई समावेश गरेका छौं । उहाँको जन्म २०३३ बैशाख ५ गते दार्मा ६ मलिबाङमा भएको हो । बुवा इन्द्र बहादुुर खत्री र आमा भिमादेवी खत्रीको पहिलो सन्तानको रुपमा उहाँ जन्मनुुभएको हो । उहाँले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सल्यानको जिल्ला सचिबको जिम्मेवारी पाउनु भएको छ । स्नातकसम्मको शिक्षा पुरा गरेका देवकोटाका हाल श्रीमती, १ छोरा र १ छोरी छन् । यस्तो छ, उहाँसितको कुराकानी ।

                                                                    निम बहादुुर के.सी. (अरुण ) दार्मा गाउँपालिकाका अध्यक्ष, सल्यान

१. तपाइले राजनीतिमा प्रवेश गरेको कहिलेदेखि हो ?

–२०५० सालतिरैबाट हो ।

. राजनीति र विशेष गरी जनयुुद्धमा लाग्ने प्रेरणा कोबाट पाउनुुभएको हो ?

–त्यो प्रेरणा तत्कालीन फारुलाका शिक्षक कमल बहादुुर चन्द, गोपाल पोखरेल लगायतबाट पाएको हुु ।

. तपाईले राजनीतिमा प्रवेश गरेर तत्कालीन जनयुुद्ध र आन्दोलनमा होमिनुुभयो, मुलुकमा ठूूलो राजनैतिक परिवर्तन समेत भयो । गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशीता जस्ता उपलब्धीहरु हाँसिल भए । तपाईले पनि स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पाउनुुभएको छ । नयाँ व्यवस्था बमोजिमको सरकार बनेर करिब एक अवधि वित्नेबेला भैसकेको छ । यो बीचमा दार्मा गाउँपालिकामा विकास निर्माण सम्बन्धमा के कति कामहरु सम्पन्न भए ?

–यसबीचमा धेरै कामहरु सम्पन्न भएका छन् । सडक विस्तार, सडकको स्तरोन्नती, विजुलीबत्ति, शिक्षा, खानेपानी, सिंचाई, प्रशासनिक संरचनाको निर्माण लगायतका थुुप्रै कामहरु अगाडि बढेका छन् । जसमध्ये महत्वपूूर्ण कामहरु संक्षिप्तरुपमा म क्षेत्रगत रुपमा जानकारी गराउँदछुु ।

१. विभिन्न कार्यविधिहरुको निर्माण र कार्यान्वयन ।

यसअन्तर्गत स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम गाउँपालिकाको आफ्नै कार्यविधिहरु निर्माण भएका छन् र सोहि बमोजिमका नीति, कार्यक्रम तथा बजेट प्रस्तुुत एबं कार्यान्वयन गरिरहेका छौं ।

२. प्रशासनिक संरचनाको निर्माणः

यस बीचमा गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण भएको छ । त्यस्तै ३ वटा वडाका भवन निर्माण भैसकेका छन् । बाँकी ३ वटा वडा कार्यालयहरु भाडामै सञ्चालित छन् र अब तिनको लागि पनि काम अगाडि बढ्छ ।

३.सडक यातायात र पुर्वाधार विकासः

गाउँपालिका केन्द्रदेखि वडाकेन्द्रहरुसम्म जोड्ने सडक बाटोहरु निर्माण गरिएको छ । तिनको स्तरवृद्धिका लागि पनि निरन्तर लागिरहेका छौं । झोलुुंगे पुलहरु निर्माण भएका छन् र ८–१० वटा आर.सी.सी. पुल निर्माण गरिएको छ ।

४.कृषि तथा सिंचाई सम्बन्धी

कृषि क्षेत्रमा पनि गाउँपालिकाले धेरै लगानी गरेको छ । एक गाउँ एक उत्पादन भन्ने सरकारको नीति अनुसारको उत्पादनलाई जोड दिएका छौं । संघीय सरकारको सहयोगमा गाउँपालिकामा विभिन्न गतिविधिहरु अगाडि बढिरहेका छन् । त्यस्तै यस अबधिमा विभिन्न सिंचाई आयोजनाहरु निर्माण गरिएको छ । किसानहरुलाई प्रत्यक्ष लाभ पुुग्नेगरी पक्की सिंचाई कुलाहरु निर्माण गरिएको छ ।

५.खानेपानी सम्बन्धीः

अहिले यस स्थानीय तहमा अधिकांश नागरिकहरुले सुुद्ध पिउने पानीका आयोजनाहरु सम्पन्न भएका छन् ।
६.शिक्षा सम्बन्धीः

 

शैक्षिक क्षेत्रको सुधारका लागि पनि गाउँपालिकाले विभिन्न प्रयाशहरु गर्र्दैआएको छ । एक पालिका एक प्राविधिक शिक्षा भन्ने राष्ट्रिय नीति अनुुसारको प्राविधिक शिक्षा सुुरु भएको छ । दर्जनौं विद्यालयमा भौतिक सुधारका ठूला कामहरु सम्पन्न भएका छन् र स–सानो सुधार त धेरै नै विद्यालयहरुमा गरिएको छ ।

७.विजुलिबत्ति सम्बन्धीः

हामी निर्वाचित हुुुनुुअघि गाउँपालिकाका धेरै नागरिकहरु विद्युुतसेवाबाट बन्चित थिए । अहिले धेरै नागरिकले सेवा पाईरहेका छन् र अँझै यसलाई विस्तार गरिदैछ र सवैलाई विद्युुत सेवा पुुर्याउने गरी लागीपरेका छौं ।

८.स्वास्थ्य सम्बन्धीः

स्वास्थ्य क्षेत्रमा भन्नुपर्दा प्रत्येक टोलबस्तीहरुबाट सहजरुपमा औषधी उपचारको लागि सामुदायिक स्वास्थ्य ईकाई केन्द्रहरुको स्थापना गरी सेवा प्रवाह गरिएको छ । पालिका अस्पताल निर्माणको क्रममा छ । स्वास्थ्य चौकि निर्माण भएका छन् । प्रशुुती भवन निर्माण गरिएको छ । यसरी माथि उल्लेखित कामहरु बाहेक पनि अन्य धेरै कार्यहरु सम्पन्न भएका छन् ।

 

अब प्रसंग बदलौं ।
४. हिजोका कतिपय एैतिहासिक उपलब्धीहरु त जनताले पटक्कै रुचाएका छैनन् नि । जस्तो कि धर्म निरपेक्षता जर्वजस्ती ल्याएको वा जनताको मागविना नै षडयन्त्रपूूर्ण तरिकाले घुुसाईएको भनेर देशव्यापी विरोधका स्वरहरु उठ्न थालेका छन्, यस बारेमा के भन्नुुहुुन्छ ?

–गणतन्त्र, संघीयता, धर्म निरपेक्षता जस्ता महान उपलब्धीहरु संस्थागत हुदैछन् । यी सवै युुद्ध र आन्दोलनले  प्राप्त भएका हुन् ।

५.तर आम नागरिकहरु त अहिले पनि धर्मनिरपेक्षतालाई जवर्जस्ती संविधानमा घुुसाईएको आरोप लगाएका छन् नि ?

–त्यो माग हाम्रै हो, आन्दोलनबाट प्राप्त उपलब्धी हो ।

.धर्म निरपेक्षता चाहियो भनेर सडकमा कहिल्यै पनि नाराबासी सुनिएन । हिन्दुु मात्रै पनि ८४ प्रतिशत भएको र संसारको एक मात्र हिन्दुराष्ट्र भनेर चिनिदै आएको नेपालको पहिचान त समाप्त पारियो नि ?

–हिन्दुु राष्ट्र हुुनै सक्दैन र हुुनुुहुदैन । भोलि बुुद्ध धर्म मान्नेले बुुद्धराष्टको माग गर्ला, अन्य धर्मले अन्य धर्मको पहिचान राख्न खोज्लान् । त्यसकारण त्यो हुुनैसक्दैन । धर्मनिरपेक्षता क्रान्तिबाटै भएको उपलब्धी हो ।

.तर धर्मनिरपेक्षता चाहियो भनेर त कहिल्यै पनि सडकमा नारा लागेको थाहा भएन । बरु संविधान निर्माण हुने क्रममा कतिपयले सडकमा नारा लगाउन पठाएको आरोप छ । युरोपिनहरुको दवाव र प्रलोभनका कारण त्यसो गरिएको हो भन्ने आरोपबारे के भन्नुुहुुन्छ ?

–यो हाम्रो पार्टीको यजेन्डा हो र सिद्धान्त हो । सोहि बमोजिम क्रान्तिबाट प्राप्त भएको उपलब्धि हो ।

८.आम नागरिकहरुले माग नै नगरेको र करीब ९५ प्रतिशत ओमकार परिवारको भावना विपरित जर्वजस्ती संविधानमा घुुसाएर ल्याएकोलाई कसरी उपलब्धी मान्नुुुहुुन्छ ?

–धर्म निरपेक्षता माओवादीकै एजेन्डा र उपलब्धी हो । धर्म मान्ने वा नमान्ने कुरा व्यक्तिको स्वतन्त्रता हो, राज्यले कुुनै पनि धर्मको पक्षमा लाग्दैन । नागरिकहरु जुनसुकै धर्म मान्न पाउछन् ।

 

९. संसारका विभिन्न देशहरुमा जसको बाहुुल्यता छ, त्यसको विशेष पहिचान कायम गरेका छन् । कतिपय इसाइ राष्ट्र छन्, कतिपय मुश्लिम राज्य छन्, कतिपय बुुद्धिष्ट देश छन् । बहुुसंख्यकको पहिचान र अल्पसंख्यकहरुको सुुरक्षा गर्नुु कसरी अन्याय हुुन्छ ? राज्यभित्र के नागरिकहरु पनि हुुदैनन र ? के आम नागरिकहरुको भावनाको राज्यले कदर गर्न मिल्दैन ?

–हिन्दुु राष्ट्र बनाउने हो भने अन्य धर्मावलम्बीहरुलाई अपमानको महसुुस हुुन्छ । उनिहरुको पहिचान गुुमनाम हुुन्छ ।

१०.तर स्वभाविक रुपमा सल्लेरीलाई सल्लेरी भन्न नपाउने, सालघारीलाई सालघारी पनि भन्न नपाउने हुुन्छ र ? तपाईको भनाईअनुुसार सल्लेरीभित्रका चुत्रा, मेल, काफलको पहिचान त हरायो नि त ? यस्ता अरु पनि सयौं उदाहरण छन् । यसमा तपाई के भन्नुुहुुन्छ ?

–यो तपाईको कुुतर्क हो । त्यसो हुुन सक्दैन ।

 

११.स्वभाविक रुपमा भन्दा पनि एउटा विद्यालयमा पढ्नेहरु कोहि विद्यालय प्रथम हुुन्छ, कोहि कक्षा प्रथम हुुन्छ र प्रथम वा अग्र स्थानमा हुनेहरुलाई त सम्मान पनि त गरिन्छ नि, कसरी मेरो भनाई कुुतर्क हुुन्छ ?

 

–हिन्दुु राष्ट्र हुुनै सक्दैन, मलाई कन्भिन्स गर्न नखोज्नुुहोस् ।

१२.संसारको एउटा मात्र हिन्दुुराष्ट्र भन्दा समग्र नेपाल एउटा विश्वको पर्यटकीय क्षेत्र र तिर्थस्थलकै रुपमा अँझ बढि बिकास हुन सक्छ, ९५ प्रतिशत नागरिकहरुको भावनाको पनि कदर हुुन्छ, अल्पसंख्यकहरुलाई पनि संरक्षण गर्न सकिन्छ । यसमा किन आपत्ति ?

–९५ प्रतिशतले बनाए भयो नि त नेपाललाई तिर्थस्थल । कसले रोकेको छ र ?

१३.अन्य पक्ष जस्तो धार्मिक रुपमा विभिन्न धर्मलाई उचाल्ने, विभिन्न प्रकारको रीतिथितिको विकास गर्न खोज्दा द्वन्द्व बढ्ने संभावन देखिदैछ नि ? नेपालका पर्यटकीय क्षेत्रहरुमा अरबौंको लगानि भएको छ, भोलि सवै धर्मले त्यसरी नै अरु धर्मको लागि पनि बजेट चाहियो भनेपछि के हुुन्छ ? आज विभिन्न स्कुलहरुमा विद्याकी देवी भनेर सरस्वतीको मन्दिर बनाईएको छ, त्यसरी नै अन्य धर्माबलम्बीहरुले पनि अधिकार खोज्न थालेभने द्वन्द्व हुदैन ?

–हो, भोलि समुदामा माग हुन थाल्यो भने त्यो पनि हुन सक्छ । तर त्यो खालको समुदाय हनुुपर्यो ।

१४.नेपालको सन्दर्भमा धर्म र संस्कृति त जीवनशैली नै बनिसकेको छ, फरक प्रकारको जीवनशैली विकास गर्न खोज्दा राष्ट्रिय एकता बलियो बन्छ त ?

–द्वन्द्व निम्त्याउने कुराहरु त तपाई गर्दैहुुनुुहुुन्छ । राज्यले सवै नागरिकहरुको भाषा, धर्म र संस्कृतिको जगेर्ना गर्नुुपर्छ ।

 

१५.तर अत्यधिक बाहुुल्यता हुनेहरुको त स्वभाविक रुपमै विशेष पहिचान हुुन्छ त ? अल्पसंख्यकलाई संरक्षण गर्दै बुहसंख्यकको विशेष पहिचान खोज्नुु के अन्याय हो त ?

–पहिचान सवैको चाहिन्छ, सवैका भाषा,धर्म र संस्कृतिको संरक्षण गर्नुुपर्छ ।

१६.तपाईहरु त अँझ पहिचानका कुरा गर्नुहुुन्छ । अल्पसंख्यकहरुको पहिचानका नाममा समग्र नेपालको पहिचान त मेटाइदै छ नि ? अँझ तपाईहरु त जातिय पहिचानका समेत कुरा गर्दै आउनुुभएको छ ।

–हो हामिले पहिचान सहितको राज्यव्यवस्थाको कुरा गरेका हौं । अहिले जातिय पहिचानको कुरा छैन । सवैको पहिचान सहितको राज्य व्यवस्था हुुनुुपर्छ भन्ने हामी चाहन्छौं ।

१७.त्यसो भए अत्यधिक हिन्दुु बाहुुल्यता भएको हाम्रो देशमा हिन्दुुहरुको विशेष पहिचान राख्नुुपर्छ भन्ने कुरामा तपाई सहमत हुुनुुहुुन्न ?

–हिन्दुुराष्ट्रको पहिचान राख्ने कुरामा हामी सहमत हुनै सक्दैनौं । अरु कुरा भए गर्नुुहोस्, हिन्दुुराष्ट्रका कुुरा नगर्नोस् ।

 

१८.निर्वाचनले पनि त बहुुमतलाई मान्यता दिन्छ, यो कसरी गलत हुन सक्छ ?
–हिन्दुुराष्ट्र हुुनै सक्दैन । धर्मको पहिचान आवश्यक छैन ।

अहिलेलाई यो विषय यत्तिकै छोडौं
अन्तमा

१९.तपाई राजनैतिक क्षेत्रबाट सन्तुुष्ट हुुनुुहुुन्छ ?

–हो म पूूर्णरुपमा सन्तुुष्ट छुु ।

 

२०.तपाईको परिवार वा आफन्तजनबाट पूूर्ण साथ सहयोग छ ?

–हो मलाई पूूर्ण साथ सहयोग छ ।

 

२१.जनस्तरको असन्तुुष्टिलाई कसरी लिनुुहुुन्छ ?

–हामीले छोटो समयमा धेरै कामहरु गरेका छौं, अँझै पनि परिवर्तन र समृद्धिका लागि हामि निरन्तर लाग्नेछौं, आगामी दिनमा पनि सवैको साथ सहयोग रहनेछ । बाँकी कामहरु गर्दै जानेछौं ।

 

२२.तपाईले गर्न चाहेका तर गर्न बाँकी कामहरु के के छन् ?

–अँझै पनि विकास निर्माणका विभिन्न कामहरु अगाडि बढाउनुुपर्नेछ । सवैका घरघरमा बत्ति पुुर्याउनुुपर्नेछ, सडकको स्तर सुधार गर्नुुपर्नेछ । सवै क्षेत्रमा अँझै पनि विभिन्न सुुधारका कामहरु गर्नुुपर्ने छ ।

 

नागरिक र मुलुुकको समृद्धिका लागि गरिने यात्रा सफल रहोस्, समय र सम्बाद्का लागि धन्यवाद् ।

 

 

 

प्रतिक्रिया दिनुहोस