कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध राम्रो बन्नुपर्छ

डिल्ली खड्काः प्रमुख प्रशासकीय अधिकृत (छत्रेश्वरी गाउपालिका, सल्यान)

सल्यानको छत्रेश्वरी गाउँपालिकामा प्रमुुख प्रशासकीय अधिकृतको रुपमा काम गर्नुभएका डिल्ली खड्कासंग उहाँले काम गर्दाका बीच देखा परेका समस्या, महत्वपूर्ण उपलब्धि, गाउपालिकामा सम्पन्न दीर्घकालीन महत्वका आयोजनाहरु, गाउँपालिकाको स्रोतसाधन र उहाँको एउटै गाउँपालिकामा भएको ३ वर्षको अनुुभवको सीकाई लगायतका कुराहरुबारेमा गरेको कुुराकानी यहाँ प्रस्तुुत गरेका छौं ।

 

  1. सल्यान छत्रेश्वरी गाउँपालिकाको प्रमुुख प्रशासकीय अधिकृतको जिम्मेवारी कहिले पाउनुुभएको हो ?
  • मैंले यहाँको जिम्मेवारी पाएको गत भदौ २७ गते तीन वर्ष पुुग्यो ।

2. यसभन्दा पहिले कुुन जिम्मेवारीमा कहाँ हुनुुुहुुन्थ्यो ?

  • म यसभन्दा पहिले बैतडि जिल्लाको पुचौली न.पा.मा १ वर्ष यस्तै जिम्मेवारीमा रहेर काम गरे ।

3.सरकारी सेवामै प्रवेश गरेको चाही कति भयो ?

सरकारी सेवामा प्रवेश गरेको जम्मा साढेसात वर्ष भयो, सुुरुमा खरिदारमा नाम निकालेपछि साढे तीन वर्ष सोही पद्मा काम गरेको हुु ।

अब यही गाउँपालिकातर्फ फर्कौ ।

4.नयाँ व्यवस्था कार्यान्वयनसंगै शुुरुमा यस गाउँपालिकाको केन्द्रको विषय लामो समय विवादित थियो, के अब यो विषय टुुंगीसकेको हो ?

  • यो विषयमा के हो भने शुुरुमा अस्थायी रुपमा यसै क्षेत्र (भोटेचौर) लाई सरकारले छनौट ग¥यो । पुराना संरचना र विभिन्न सरकारी सेवासुविधाको तत्कालको सेवा प्रवाहको सुविधालाई मध्यनजर गरी विभिन्न राजनैतिक दलहरुको समेत सहमतिमा उक्त केन्द्र छनौट भएको हो ।
  • त्यसलाई आधिकारीक रुपमा जनताबाट अनुुमोदनका लागि निर्वाचित जनप्रतिनिधिहरुको दुुइतिहाई बहुुमतबाट ६ महिनाभित्र पारित गरिनुुपर्ने हो । तर केन्द्रको विषयमा मत बाझिने अवस्था हुन सक्छ, ६ महिनाभित्र उक्त विषयले प्रवेश नै पाएन । त्यसो भैदिदा यो विषय गाउँपालिकाको मात्रै नभै प्रदेश र केन्द्र समेतको सरोकारको विषय बनेको हो । प्रदेशले समेत यस विषयमा केही टुुंगो लगाउन नसकेको अवस्था हो ।

 

5.त्यसो भए यो विषय अँझै पनि टुुंगीएको छैन ?

  • हो, यो विषय अँझै पनि टुुंगो नलागेको अवस्था हो ।

 

  • वडाको केन्द्रहरु त टुुंगीएको अवस्था हो कि ?

 

  • वडाको केन्द्र सम्बन्धमा केही विवाद् देखिदैन ।

6.गाउँपालिका र वडा कार्यालय एबं वडा स्तरीय कार्यालयहरु बन्ने क्रम कहाँ पुुगेको छ ?

  • विशेष गरी गाउँपालिका केन्द्रकै विषयमा टुुंगो नलागेकोले वडा र वडास्थित कार्यालयहरुको निर्माणले पनि गति नलिएको अवस्था छ । तर जम्मा ७ वटा वडा रहेको यस गाउँपालिका अन्तर्गत वडा नं. ७ को कार्यालयका लागि मात्रै नयाँ भवन बनेको छ ।

6.तीन वर्षको अवधिमा तपाईले यस छत्रेश्वरी गाउँपालिकाबारे धेरै कुराहरु बुुझ्ने अवसर पाउनुुभयो, यस अवधिमा गाउँपालिकामा दीर्घकालीन महत्वका के कस्ता योजनाहरुलाई प्राथमिकता दिईयो ?

  • यसबीचमा मूूख्य गरी तीन वटा सडक मर्मत तथा विस्तारमा गाउँपालिकाले जोड दिएको छ । ती सडकहरुमा लान्ति, लेखपोखरा हुुदै दमाचौर जोड्ने सडक, संखमुल, झिम्पे, खर्सुुवास जोड्ने सडक र संखमुुल, पानीखोला हुदै त्रिवेणीको काभ्रा बजार जोडिने सडक बाटोलाई विशेष प्राथमिकता दिईएको छ ।

 

7.गाउँपालिकामा एउटा निकै महत्वाकांक्षि योजना पनि खुवै चर्चामा आयो, कसैले नेतृत्वको प्रशंसा गरे, कतिपयले नेतृत्वले असम्भव योजनाको कुरा उठाएर चर्चा बटुुल्ने काम गरेको रुपमा बुुझे जुन लेखपोखरामा विमानस्थल निर्माणको कुरा थियो, त्यो अहिले कहाँ पुुग्यो ?

  • कुरा नेतृत्वले उठाएपनि त्यो योजना सिंगो गाउँपालिकाको भनेर बुुझ्नुपर्ने हुुन्छ, त्यसका लागि सवैको सहमत पनि थियो, गाउँपालिकाले सम्भाव्यता अध्ययन पनि गरेको हो । केही (५÷७) लाख रुपँया बजेट पनि अध्ययन अनुुसन्धानका लागि खर्च भएको हो । तर उक्त योजनाका लागि निकै ठूूलो बजेट खर्च हुने भएपछि र केन्द्र तथा प्रदेश सरकारहरुको सहयोगविना असम्भव हुने भएपछि त्यसले गति लिन सकेको छैन, अहिले पनि माथिल्लो तहमा यसबारेमा पहल भईरहेको छ ।

 

8.गाउँपालिकाले ३ वर्षको बीच अन्य महत्वपूूर्ण कामहरु के के गरेको छ ?

  • यसबीचमा गाउपालिकाले आफ्नै कार्यविधिहरु निर्माण गरेको छ, यो महत्वपूूर्ण उपलब्धी हो । त्यसबाहेक शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युुत विस्तार लगायतका कामहरु अगाडि बढाएको छ । केही सम्पन्न भएका छन् भने केही निर्माणाधिन छन् । प्रत्येक वडामा वर्थिङ सेन्टर निर्माण गरेको छ, यो पनि उदाहरणीय कामको रुपमा छ ।
  • त्यस्तै गाउँपालिकाले आफ्नै साधन (डोजर) मार्फत सडक खन्ने र चौडा बनाउने कार्य गरेको छ निकै कम खर्चमा फराकिला सडक बनाउने काम गरेको छ । त्यसबाहेक १० लाखदेखि माथिका योजनाहरु टेन्डरमार्फत गरेर प्रभावकारीरुपमा काम गरेको अवस्था छ ।

9.शिक्षा सम्बन्धी कामहरु धेरै विवाद्मा आए । विद्यालयको तह घटुवा र शिक्षक सरुवा सम्बन्धीका कामहरु विवादित बने । किन विवाद्मा आए ति कुराहरु ?

  • गाउँपालिकाहरु स्थानीय तह सञ्चालन विधि अनुुसार चल्ने हो, कतिपय कुुराहरु स्थानीय तहलाई नै अधिकार दिएको छ, सोहि बमोजिम कार्यविधि तयार भएको र कार्यविधिकै आधारमा ति कामहरु गरिएको हो । शिक्षा सम्बन्धी २३ वटा अधिकार अहिले स्थानीय तहलाई दिएको छ । तिनै अधिकार प्रयोग गरेर स्थानीय तहले काम गर्ने हो । तर पनि संघीय शिक्षा ऐन नबनेसम्म यी कुुराहरु सर्वसम्मत बन्न सक्दैनन्, अहिले पनि केन्द्रको स्पष्ट र पुुरा कानूून बनिसकेको अवस्था छैन । त्यसैले गाउँपालिकाले गरेका कामहरु कतिपय राम्रो हुदाहुुदै पनि विवाद्मा पर्छन् ।

10.कतिपय विद्यालयको तह घटाएको सम्बन्धमा सडकमै नाराजुुलुुस समेत भयो, शिक्षक सरुवा गरिए पनि लामो समय तोकिएको विद्यालयमा हाँजिर भएनन् । गाउँपालिकाले अनावश्यक हस्तक्षेप ग¥यो, राजनैतिक रिसिबी राख्यो, नेतृत्वले राजनैतिक आश्थाका आधारमा पक्षपाती काम गर्यो र प्रशासनले पनि सोहि कुुरालाई बल गर्यो भन्ने कुुराहरु आरोप लाग्दै आएको छ । यी आरोपलाई कसरी लिनुुहुुन्छ ?

  • गाउँपालिकाले स्पष्ट कार्यविधि बनाएर काम गरेको हो । धेरै कामहरु गर्दा केहीमा प्रश्न उठ्नुु स्वभाविक हो । योग्य शिक्षकलाई प्र.अ. दिदा पनि विवादित बनेको अवस्था छ । तह घटाउने कुरा शिक्षा समितिको सिफारिसमा गाउँपालिकाले गरेको हो । विभिन्न विद्यार्थी संख्या, शैक्षिक पुुर्वाधार, जनशक्ति लगायतका कुुराहरुको मूूल्यांकनपश्चात ती कामहरु गरिएको हो ।

12.तर छत्रेश्वरी १, दमाचौर काल्चेमा रहेको जनज्योति आधारभूत विद्यालयको तह घटुवाको विषयमा त निकै पछिसम्म चर्चा भैरह्यो नि ?

  • काम गर्ने क्रममा कतिपय कुुराहरुमा अध्ययन अनुुसन्धानको पक्ष केही कमजोर हुन सक्छ, उक्त विद्यालयको विषयमा पटक पटकको छलफलले पुनः तह नघटाउने निर्णय भैसकेको छ । तह घटाएर पाँच कक्षामा ल्याउने निर्यय पुनः परिवर्तन भएको छ । अब कक्षा ८ सम्म नै सञ्चालन गर्न पाउनेगरी व्यवस्था हुदैछ ।

13.लामो समय सरुवा गरिएका शिक्षकहरु तोकिएको विद्यालयमा हाँजिर नहुनुुलाई कसरी लिन सकिन्छ ?

  • यसमा के छ भने गाउँपालिकाले स्पष्ट कार्यविधि बनाएर गरेको काम हो, शुुरुमा यसलाई सहजै स्वीकार नगरेको अवस्था थियो । कतिपय कुुराहरुमा बुुझाईको कमि रह्यो भने कतिपय कुराहरुले राजनैतिक तरंग लिए । तर पनि अहिले गाउँपालिकाले गरेका कामहरु सदर भएका छन् । सरुवा भएका शिक्षकहरु पनि आ आफ्नो विद्यालयमा गैसक्नुुभएको छ ।

14.शिक्षक सरुवा, तह घटुवा र शिक्षकको पारिश्रमिक लगायतका कुुराहरु अदालतसम्म पनि पुुगे, अदालतले कस्तो प्रकारको फैसला दियो ?

  • हो, गाउँपालिकाले गरेका कतिपय काम कुराहरु अदालत, प्रदेश र अख्तियार सम्म पनि पुुगिरहेका छन्, तर अदालत समेतले गाउँपालिकाकै पक्षमा न्याय दिएको छ । यसर्थ पनि गाउँपालिकाले कानूूनसम्मत काम गरेको भन्ने हामीलाई लाग्छ ।
  • 15.कतिपय कर्मचारीले आफूले पाउनुुपर्ने पारीश्रमिक नपाएको गुुनासो सामाजिक सञ्जालमै राख्ने गरेको पाइन्छ, उहाँले आफूलाई गाउँपालिकाले अन्याय गरेको भनेर बेलाबखत भन्दै आउनुुभएको छ । यस विषयमा के हो ?
  • त्यो कुरा विगत वर्षमा शिक्षाशाखामा कार्यरत काँशिराज अधिकारीको सन्दर्भमा हो । त्यसको विवाद्को शुुरुवात शिक्षा शाखा प्रमुुखको विषयबाट भएको हो । गाउँपालिकामा कार्यरत स्रोतव्यक्तिहरुबाट शिक्षाशाखा प्रमुुख छनौट गर्ने सन्दर्भमा यो विषय उठेको हो । उहाँ शैक्षिक योग्यतामा अरुभन्दा बढि भएपनि उहाँको दरबन्दी प्रा.वि. तहकै थियो । योग्यतामा कमै रहेपनि मा.वि. दरवन्दीमा काम गरिरहेका व्यक्तिलाई शिक्षाशाखा प्रमुुख बनाएपछि उहाँले विरोध गर्दै आउनुुभएको छ ।
  • गाउँपालिकामा आवश्यक बाहेक अन्य स्रोतव्यक्तिलाई पुनः आफ्नै दरबन्दीमा फर्काउने सरकारको निर्णय अनुसार उहाँलाई विद्यालयमा हाँजिर हुन भनिएको थियो । तर उहाँले गाउँपालिका र हामीमाथि नै पटक पटक विभिन्न आरोप लगाउदै आउनुुभयो । विविध कारणले स्रोत व्यक्ति हटाउनुुभन्दा केही समय अगाडिको एक वर्षको फिल्डभत्ता लगायत श्रोत व्यक्तिले पाउनुुपर्ने केही सुुविधा केन्द्रबाटै कटौती भएपछि उहाँले पाउनुुपर्ने केही (करीब (५०,५२ हजार) नपाएको कुुरा साँचो हो ।
  • एकातिर केन्द्रबाटै उक्त शीर्षकको बजेट नआउनुु र अर्कोतिर उहाँ निरन्तर गाउपालिका र हामीमाथि आलोचना गर्न थालेपछि यो विषय समाधान नहुने दिशातिर अगाडि बढेको हो । उहाँले गाउँपालिकामा उहाँ सोहि बमोजिम प्रस्तुुत हुुनुुभएको भए कार्यपालिकाकै निर्णय गराएर भएपनि कुुनै शिर्षकबाट उहाँको पारिश्रमिक दिन सक्ने अवस्था हुन सक्दथ्यो । यसरी विशेष गरी उहाँकै कार्यशैलिका कारण त्यो पारिश्रमिक अहिलेसम्म पाउन नसकेको अवस्था हो ।

16.उहाँले अख्तियारमा समेत मुुद्धा हालेको र आफ्नो पक्षमा फैसला गरिदिएको भन्दैहुनुुहुुन्छ नि ?

  • उहाँले अख्तियारमा मुुद्धा हालेपछि अख्तियारबाट आवश्यक कारबाही अगाडि बढाउनुु भन्ने खालको पत्र आएको छ, स्पष्ट भाषामा उहाँलाई उक्त रकम भुुक्तानी दिनुु भन्ने आदेश छैन । आवश्यक कारबाहीको अर्थ दिन सक्ने वा नसक्ने दुवै हुुन्छ । अख्तियारबाट लिखितरुपमा उक्त पारिश्रमिक दिनुभन्ने आदेश आउने हो भने गाउँपालिकाले जसरी भएपनि दिनुुपर्ने हुुन्छ । तर त्यो खालको आदेश गाउपालिकालाई आएको छैन ।

17.यता अहिले करार कर्मचारी, सवारी साधनको व्यवस्थित प्रयोग लगायतका विविध कुुराहरुलाई लिएर गाउँपालिकाको यस आ.ब.को बजेट नै पारित हुन सकेको छैन, किन यसरी विवाद् बल्झेको होला ?

  • यसमा विशेष गरी राजनैतिक इस्युुले काम गरेको छ । एउटै राजनैतिक दलको प्रभाव भएको ठाउँमा यति धेरै विवाद् हुुदैन । दुुइथरीकै प्रभाव हुदा नेतृत्व र कर्मचारीले गरेका कामहरु पक्षविपक्षको दृष्टिकोणबाट हेरिदोरहेछ । कतिपय राम्रा कामहरुको समेत विरोध भईरहेको हुन्छ भने कतिपय अवस्थामा नेतृत्वले सवैको सहमतीविनै पनि अगाडि बढ्नुुपर्ने वा बढेको अवस्था हुुदोरहेछ ।
  • यो राजनैतिक विषय हो, यसलाई त्यसरी बुुझ्नुुपर्ने हुुन्छ । कार्यपालिकामा उठेका कतिपय कुराहरु सहि पनि छन् यसलाई सवैले बुुझेको कुरा पनि छ, तर कतिपय कुराहरु जुुंगाको लडाईको रुपमा मात्रै पनि छन् । समाधान गर्ने नसकिने खालका पनि होइन् । पछिल्लो समयमा दुुइपक्षबीच वार्ता भइरहेको र एउटा समझदारीमा पुुग्ने अवस्था पनि बन्दै गएको छ ।

18.करार कर्मचारीहरुको विषयमा त झनै विवाद् चर्किरहेको छ, कहिले तालाबन्दी, कहिले काम ठप्प, कहिले के कहिले के विभिन्न गतिविधिहरु अगाडि बढेका छन् नि ? छत्रेश्वरीमा करार सेवामा कति कर्मचारी हुुनुुहुुन्छ र किन चर्कियो यो विवाद ? के करार कर्मचारी अब हटाउने निर्णय हुदैछ ?

  • यो बारेमा कार्यपालिकामा व्यापक छलफल भएको छ । गाउपालिकामा सवै गरी १०० भन्दा बढी संख्यामा करार कर्मचारी छन् । ती मध्ये ४० जना शिक्षक नै छन् र बाँकी अन्य कर्मचारी छन् । सवै करार कर्मचारी हटाउने भन्ने पनि नहोला, आवश्यकता भन्दा बढि भएको ठाउँमा कसरी व्यवस्थापन गर्ने भन्ने पनि होला, तर जे भएपनि दुुइपक्षको यसमा स्पष्ट बुुझाई छ, अब साझा बुुझाई बन्दै छ र चाँडै समाधानको दिशामा जान्छ भन्ने मलाई लाग्छ ।

19.गाउँपालिकामा भएका सवारी साधन र अन्य विभिन्न गाडिहरुको व्यापक दुुरुपयोग भएको भन्ने आरोप र चर्चा छ, सवै के कति सवारी साधन तथा मेशिनरी औजारहरु सञ्चालनमा छन् र किन यसो भईरहेको छ ?

  • गाउँपालिकामा हाल ४ वडा डोजर छन्, कार्यालयको लागि २ वटा साना गाडि छन्, ४ मध्ये ३ वटा एम्बुलेन्स चालु अवस्थामा छन् । एउटा एम्बुलेन्स भने दुर्घटनामा परेर काम नलाग्ने अवस्थामा छ । २२ वटा मोटरसाईकल छन् ।
    सवारी साधन तथा मेशिनरी औजारको दुरुपयोग भएको आरोप सम्बन्धमा भन्नुपर्दा २ वडा गाडिहरु कार्यालयकै काममा प्रयोगमा आउने गरेका छन् ।
  • डोजर पनि काम नपरी र गाउँपालिकाको अनुमतिविना प्रयोग गरिदैन । जहाँसम्म मोटरसाईकलको कुरा छ, मोटरसाईकल वडाध्यक्षको सचिवालयको जिम्मामा प्रत्येक वडामा पठाईएका छन् । त्यसबाहेक गाउपालिकाको कार्यालयका लागि ६ वटा छन् ।
  • कतिपय अवस्थामा सवैतिर गाउँपालिका कार्यालयबाटै ध्यान नपुग्न सक्छ । त्यस्तै यसबारेमा गाउँपालिकामा छलफल हुने गरेको छ र दुरुपयोग हुन नदिन गाउँपालिकाले पहल गर्दैछ । जसरी व्यापक दुरुपयोग भन्ने कुरा छ, त्यसरी नभएको जानकारी गराउँदछु ।

20. गाउँपालिकाको यस आ.ब.को प्रस्तावित बजेट कति छ र त्यसमध्ये विकास निर्माणका लागि खर्च हुने बजेट कति हो ? बजेट पास गर्ने प्रक्रियामा किन ढिलाई भयो ?

  • यस आ.ब.का लागि करीब ४२ करोड रुपँया यस गाउँपालिकाको प्रस्तावित बजेट हो । विकास निर्माणकै लागि भनेर खर्च हुने बजेट १० करोड मात्रै हो । तर अन्य मानबीय संसाधन तथा क्षमता विकास, सामाजिक विकास लगायत समग्र पक्षको विकासका लागि बिनियोजित बजेट त अलि बढी नै हुन्छ ।
  • बजेट पासको सन्दर्भमा भन्नुपर्दा असार १० गतेसम्म पेश गर्नुपर्ने र असार मशान्तसम्ममा पास भैसक्नुपर्ने हो, तर कतिपय कुराहरुमा सर्वसम्मत रुपमा हुन नसकेको र अँझै सम्म पनि छलफलकै क्रममा भएकोले बजेट पास हुन सकेको छैन ।

21.गाउँपालिकाको आन्तरिक श्रोतहरु के के छन् ?

  • गाउँपालिकाको आन्तरिक श्रोत त्यति बलियो छैन । बालुवा, गिट्ठीबाट केही राजश्व संकलन हुन्छ । त्यस्तै विभिन्न शुल्क दस्तुर र घरभाडा कर लगायत केही श्रोतहरु छन् । तर धेरै राजश्व संकलन हुने अवस्था छैन ।

22.गरिब घरधुरी पहिचानको काम सम्पन्न भैसक्यो ?

  • गरिब घरधुरी पहिचान सम्बन्धमा प्रारम्भिक तथ्यांक संकलन गरेर काठमाडौं पठाउने काम सम्पन्न भएको छ । विभिन्न तथ्यांकको आधारमा गरिब घरधुरी पहिचान र वर्गिकरणको नतिजा केन्द्रले नै तयार गर्ने छ । तर गाउँपालिका स्तरबाट हुने काम सम्पन्न भैसकेको छ ।

23.प्रधानमन्त्रि रोजगार कार्यक्रम र मूख्य मन्त्री रोजगार कार्यक्रम आ.ब.को अन्तिममा आएर कार्यान्वयन गरिएको अवस्था थियो । के कति प्रभावकारी भएको अवस्था छ ?

  • छत्रेश्वरी गाउँपालिकाको सन्दर्भमा दुवै कार्यक्रम प्रभावकारी भएका छन् । कोरोना महामारी र बन्दाबन्दीकै बीच पनि विकास निर्माणका काम भएका छन् । गाउँटोलका सवैभन्दा विपन्न वर्गले काम पाएको अवस्था हो । काम गरेर मानिसले पारिश्रमिक लिएका छन् । यस अर्थमा उक्त कार्यक्रम प्रभावकारी नै भएको भन्नुपर्छ ।

24.तपाईको ३ वर्षको अनुभवले समग्र विकासनिर्माणको गति बढाउन के गर्नुपर्छ जस्तो लाग्छ ? जनताले गरिरहेको गुनासोलाई कम गर्न के गर्नुपर्ला ?

  • समग्र विकास निर्माण लगायत देशको समृद्धिका लागि जनताले निरन्तर खवरदारी गर्नुपर्छ भन्ने मलाई लाग्छ । मेरो सिकाई के पनि भएको छ भने कर्मचारीतन्त्र स्थायीत्व नै हुनुपर्छ । अस्थायी वा करारसेवामा केही समयका लागि सेवा लिएपनि दीर्घकालीन हितका लागि कर्मचारीले आफ्नै चिन्ता गरेर बस्ने अवस्था बन्नुहुदैन ।
  • कर्मचारीले कर्मचारीको स्थायीत्व भयो भने उसले पनि विभिन्न योजना निर्माणमा सहयोग पुर्याउछ र जनताका वास्तविक समस्याहरुप्रति चिन्ता गर्ने अवस्था बन्दछ । कर्मचारीको आफ्नै भविष्य नदेख्ने अवस्थामा दीगो सोच बनाउन कठिन हुन्छ ।
  • मेरो अर्को सिकाई के पनि भएको छ भने कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध राम्रो बन्नुपर्छ । एकअर्काबीच समन्वय हुनुपर्छ । समन्वय हुन सक्यो भने अँझ बढी प्रभावकारी काम हुन्छ भन्ने मलाई लाग्छ ।

25.नयाँ व्यवस्था आएपनि जनताले उत्तिकै गुनासो गरिरहेका छन् । स्थानीय सरकारमाथि पनि दोष आउने गरेको छ । सरकारले जनताका समस्याप्रति ध्यान दिन नसकेको र शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयमा चित्त बुझ्दो काम नभएको भन्ने गुनासो व्याप्त देखिन्छ, यसलाई कसरी लिनुहुन्छ ?

  • जनताले राजनैतिक परिवर्तन र देशमा भएको संघीय संरचनाबाट धेरै अपेक्षा गरेका थिए । यसरी धेरै अपेक्षा गर्नु नै एउटा असन्तुष्टिको कारण हो । सीमित श्रोत सोधनले एकैपटक मुलुक कायापलट बन्न सक्दैन ।
  • अहिले स्थानीय तहका लागि सेवा प्रदान गर्ने संरचनाहरु नै बनिसकेको अवस्था छैन, राज्यले आवश्यकता एबं योग्यता र क्षमता अनुसारका कर्मचारीको व्यवस्थापन गर्न सकेको छैन । स्थायी कर्मचारीतन्त्रको अभाव छ, स्थानीय तहहरु अँझै सक्षम नभैसकेको अवस्था छ ।
  • अँझ पनि स्थानीय तहलाई सवै जिम्मा दिने गरी स्थानीय तहको क्षमता विकास भएको छैन । यसर्थ सवै व्यवस्थापन राम्रो भएमा अहिलेको भन्दा अँझ राम्रो गर्न सक्ने अवस्था हो ता पनि एकैपटक धेरै अपेक्षा गरेकैले र पुरा हुन नसकेकोले गर्दा यस्ता गुनासाहरु आउने गरेका हुन् ।

 

26.तपाईले आफूले गर्न नसकेको काम के जस्तो लाग्छ ? यसपटकको गाउँपालिकाको बजेट पनि पास हुन सकेको छैन । यसले गर्दा कतै अपजसको भागीदार हुनुपर्ने अवस्था हुन्छ कि ?

मलाई के लाग्छ भने प्रमुख प्रशासकीय प्रमुखको हैसियतले गाउँपालिकामा कतै अलि समन्वयकारी भूमिका निर्वाहमा केही कमी रह्यो कि भन्ने लाग्छ । यसपटको बजेट समयमै पास भएको भए अँझ राम्रो हुने थियो, तर विविध कारणले पास हुन सकेको छैन । यसको लागि गाउँपालिकाका सवै जिम्मेवार पदाधिकारीमा यो कुरा जोडिन्छ जस्तो लाग्छ ।

 

प्रतिक्रिया दिनुहोस