सल्यान अस्पतालको ओपिडी सेवा बन्द

सल्यान, १४ असोज ।
सल्यान अस्पताल सल्यानमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखिएपछि ओपिडी सेवा बन्द भएको छ ।

सुत्केरी सेवा लगायत आकस्मिक सेवा बाहेक अन्य सबै सेवा बन्द गरिएको सल्यान अस्पतालले जनाएको छ ।

मंगलबार प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो ।

बुधबारबाट अर्को सूचना जारी नहुँदासम्मका लागि ओपिडी लगायतका सबै सेवा बन्द गरिएको अस्पतालका निमित्त सेवा व्यवस्थापक डा. भीमकान्त जैसीले बताए ।

प्रतिक्रिया दिनुहोस

<