सल्यान, १४ असोज ।
सल्यान पश्चिम सल्लीबजारमा घर ढलान गर्ने क्रममा एक व्यक्तीलाई करेन्ट लागेको छ ।
सल्लीबजारको माथिल्लो बजारमा बसोबास गर्ने अन्दाजी ४५ वर्षका प्रदीप गिरीलाई विद्युतिय करेन्टको झट्टका लागेको छ । करेन्ट लागेर गम्भीर घाइते गिरीलाई उपचारका लागि नेपालगञ्ज पठाएको छ ।
सल्लीवजारमा ११ केभी प्रसारण लाइन विस्तारै भए सङ्गै दैनिक करेन्ट लाग्ने घटनाहरु बढिरहेका छन । बजारमा बनाएका घरहरूको छतमाथी बाट लाइन परेकोले दैनिक दिन विधुतिय करेन्टको सिकार स्थानीय बासी परेका छन ।
सामान्य कामकाज गर्दासमेत झुकिएर करेन्ट लाग्न थालेको छ ।
उक्त क्षेत्रमा अहिले सम्म ४ जनालाई करेन्ट लागि सकेको छ । घरायसी काम गर्दा समेत करेन्ट लागेको छ । अहिले अधिकांस छाडारुपमा कुवा बाट बिधुतिय लाइनबाट घरमा पानि ल्याउने गरेका छन भने जोखिम बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस