सल्यानबाट प्रकाशित हुने कुमाख दैंनिकले ग¥यो तेस्रो वर्षमा प्रवेश

सल्यान, १३ असोज ।
सल्यानबाट प्रकाशित कुमाख दैंनिकले मंगलबार दुइ वर्ष पार गरेको छ ।

उक्त अवसरमा पत्रिकाले आफ्नै कार्यालयमा समीक्षा समेत सम्पन्न गरेको छ । कोभिड १९ का कारण सामाजिक दुरी कायम गरी विशेष सावधान अपनाई समीक्षा गरिएको हो ।

सल्यानमा कोभिड १९ को महामारीका बीच पनि पत्रिका निरन्तर प्रकाशित भईरहेको जानकारी पत्रिकाको सम्पादक गोविन्द शर्माले जानकारी दिएका छन् ।

सल्यानमा विविध समस्याका बीच पनि पत्रिका निरन्तर प्रकाशन भईरहेको भन्दै गै.स.स. महासंघका अध्यक्ष दिपेन्द्र शाहीले खुशी व्यक्त गरेका छन् भने सल्यानमा पछिल्लो समय पत्रकारीता क्षेत्र अगाडि बढेको र सल्यानको पत्रकारिता मर्यादित रहेको प्रतिक्रिया पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक इच्छुक शर्माले बताएका छन् ।

उक्त समीक्षामा टाइम्स कम्प्यूलोजिका सञ्चालक प्रकाश बाबु चन्द, त्रिवेणी अनलाईनका सम्पादक उत्तर कुमार साहु, कुमाख दैंनिकका सम्पादक गोविन्द शर्मा, कुमाख दैंनिकका सह सम्पादक गणेश बाबु विश्वकर्मा लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

<