आइतबार सल्यानका छ जनामा कोरोना संक्रमण पुष्टि

कुल संक्रमितको सख्ंया दुई सय ९८

सल्यान, १४ भदौ ।
आइतबार सल्यानका ६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी नगरपालिका प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा छ जनामा कोरोना पुष्टि भएको हो ।

प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा बनगाड कुपिण्डे नगरपालिका १ का ३२ वर्षीय पुरुष र वडा नं. ५ का १९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

चौरजहारी नगरपालिका प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा कुमाख गाउँपालिका वडा नं. १ का २५, २७, ४७ र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ ।

भारतबाट आएका सबै क्वारेनटाइनमा बस्दै आइरहेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । कुमाख गाउँपालिकाका ४ संक्रमितलाई लुहापिङ आइसोलेसन र बनगाडका २ जनालाई बनगाडकै आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

यो सँगै सल्यानमा कोरोना संक्रमितको सख्ंया दुई सय ९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

<