दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल सिल


दाङ, १४ भदौ ।
दुई चिकित्सकसहित नौ जनामा कोरोना संक्रमण पुष्टि भएपछि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल अनिश्चितकालका लागि सिल गरिएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेका अनुसार शनिबार साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अस्पताल र अस्पताल परिसरको ५० मिटर क्षेत्रभित्र सिल गरिएको छ ।

प्रादेशिक अस्पतालका २ चिकित्सक, ३ स्वास्थ्यकर्मी र ३ जना कार्यालय सहयोगीमा कोरोना पुष्टि भएको छ ।

उनीहरुको कन्ट्याक्ट टे«सिङको काम अगाडि बढाइएको तुलसीपुर उप–महानगरपालिकाका कोभिड–१९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस