सल्यानका विभिन्न ठाउँमा भित्रियो सलह किरा, कपुरकोटमा एक डब्बा संकलन

सल्यान, १६ असार ।
सल्यानमा पनि सलह किरा भित्रिएको छ । सल्यानका विभिन्न ठाउँमा सलह किरा देखा पर्न थालेको हो ।
शारदा नगरपालिका, कपुरकोट गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, बागचौर नगरपालिका लगाएतका ठाउँमा सलह किरा देखिएको त्यहाँका स्थानीयहरुले बताएका छन् ।

शारदा नगरपालिका १ श्रीनगरमा घरको गमलामालगाएको सिमीको बोटमा मंगलबार सलह किरा देखिएको स्थानीय मदन कुमार भण्डारीले जानकारी दिए ।

पहिला गाउँघरमा देखिने फट्याङ्ग्रा किरा जस्तै भएको तर बिरुवाको पात अत्याधिक मात्रमा खाने गरेको उनले बताए । उनले भने, ‘हामी सबैले बिहान हेरिउँ यो सलह किरा नै हो । हावाको बेगमा कुनै समुहबाट बिछोडिएर आएको हुनुपर्छ । हामीले हेर्दाहेर्दै एकैछिनमा सिमीको पात खायो ।’

त्यस्तै छत्रेश्वरी गाउँपालिकाको दहखोलामा पनि सामान्य खालको हुलमा सलह किरा भेटिएको बताइएको छ । शारदा नगरपालिका ५ पिपलनेटामा पनि सलह फेला परेको स्थानीय मेघा रेउलेले बताएकी छन् ।

उता कपुरकोटमा पनि सलह भेटिएको छ । कपुरकोटमा सलह देखिएपछि स्थानीयले छोपेर एक डब्बा भरी राखेका छन् । सल्यानमा देखिएको सलह धेरै ठुलो समूहमा छैन । कतैबाट छुट्टएिर आएको सानो झुण्ड भएको हुन सक्ने विश्लेषकहरुले बताएका छ्न् ।

यता कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जिल्लाका बिभिन्न ठाँउहरुमा सलहको झुण्ड देखिएको तर यस बारेमा पुष्टि गर्न भने बाँकी रहेको बताएका छन् ।

सानो सानो झुण्डमा सलह देखिएको किसान तथा स्थानीय तहमा रहेका कृषि शाखाबाट जानकारी प्राप्त भएको बताउदैँ उनले यस बारेमा पुष्टी हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस

<