रोल्पामा ब’म विस्फोट हुँदा ४ बालबालिकाको मृ’त्यु    

मृ’त्यु हुनेमा ७ देखि ११ वर्ष उमेरका ३ बालक र १ बालिका रहेको वडाध्यक्ष बुढाले बताए । घटनास्थलमा राइफलको गोली जस्तै देखिने ब’म पनि रहेकाले निष्क्रिय पार्न दहवनस्थित नेपाली सेनाको टोली घटनास्थल तर्फ आउँदै गरेको वडाध्यक्ष बुढाको भनाइ छ ।

प्रहरी घटनास्थलतर्फ जाँदै गरेकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले बताए । सशस्त्र द्वन्द्वका समयमा तत्कालीन विद्रोही माओवादीले लुकाएर राखेको बम बालबालिकाहरूले खेल्ने क्रममा भेट्टाएको र वि’स्फोट भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

<