कर्णाली प्रदेश सरकारले झन्डै ३३ अर्वको बजेट ल्याउने : बजेटको पहिलो प्राथमिकता स्वास्थ्य

२०७७ बैशाख १८ गते बिहीबार
sharethis sharing button
वैशाख १८, सल्यान
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि झन्डै ३३ अर्वको बजेट ल्याउने तयारी गरेको छ ।  अव आउने बजेट परम्परागत भन्दा समसामयिक र समसापेक्ष हुने बताइएको छ । निर्धारित असार १ गतेभित्र बजेट ल्याउन तयारी तिब्र रुपमा भइरहेको  बिहिबार सल्यानमा पत्रकारसँग कुरा गर्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए ।
बजेट निमार्णका लागि संघीय सरकारले सिलिङ उपलब्ध गराएको उनको भनाई छ । उनका अनुसार संघले समानीकरण अनुदान तर्फ साडे १० अर्व राजस्व वाँडफाँड तर्फ  साडे सात अर्व र आन्तरिक स्रोत ३९ करोडको अनुमान गरी बजेट निमार्णको काम भइरहेको उनले बताए । उनले भने ‘अव आउने बजेट परम्परागत भन्दा समय सापेक्ष हुन्छ शोही अनुसार अहिले काम भईरहेको छ ।’
बजेट ल्याउनका लागि नीति तथा कार्यक्रमको तयारी भइरहेको र बजेट निमार्ण अघि विभिन्न माध्यमबाट सुझाव संकलन गर्ने कार्य भइरहेको उनको भनाई छ ।
तिब्र गतिमा विकास हुने समयमा लकडाउनका कारण प्रभावित भएका कारण यो वर्ष लक्ष्य अनुसार प्रगति नहुने बताए । कामले तिब्रता पाउने समयमानै कोरोना भाइरसको महामारी भएकाले चालु आर्थिक वर्षमा झन्डै १० अर्व बजेट खर्च नहुने बताए ।

बजेटको पहिलो प्राथमिकता स्वास्थ्य 

अव आउने बजेटको पहिलो प्राथमिकता स्वास्थ्य हुने योजना मन्त्री ज्वालाको भनाई छ । विश्व नै कोभिड १९ का कारण त्रसित भइरहेको अवस्थामा कर्णाली प्रदेश सरकारको पनि पहिलो प्राथमिकता स्वास्थ्य नै हुने बताए । उनले भने अहिलेको महामारीले स्वास्थ्य नै पहिलो कुरा हो भन्ने पुष्टि गरि सकेको छ । यसर्थ सरकारले पनि स्वास्थ्य क्षेत्रको पूर्वाधार, जनशक्ति व्यवस्थापन, स्रोत साधनमा अभिवृद्धिलाई जोड दिएको छ ।

यस्तै दोस्रोमा रोजगार मुलक कार्यक्रम रहेको छ । रोजगारीका लागि विभिन्न देशमा पुगेका नागरिक भाइरसका कारण स्वदेश फर्किएकाले उनीहरुलाई पुन फर्किन नदिन रोजगारमुलक कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ । देशका युवाहरुले रोजगार पनि पाउने विकास पनि हुने ढंगले योजना बनाइरहेको मन्त्री ज्वालाको भनाई छ । बजेटले क्रमश उत्पादन मुलक कार्य, शिक्षा लगायतका विषयलाई प्राथमिकता पाउने उनको भनाई छ ।

salyan khabar

प्रतिक्रिया दिनुहोस

<