कुमाख गाउँपालिकामा कोरोना राहतकोषको लागि सहयोग

सल्यान

18 baishakh, 077
नेपाल विद्यालय कर्मचारी परिषदका केन्द्रीय उपाध्यक्ष तथा नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य एबम् श्री सरस्वती मा वि झारकाँडा, कुमाख गाउँपालिका–५, सल्यानका लेखापाल श्री राम प्रकाश कुमाईले कुमाख गाउपालिकाले कोरोनाको महामारीलाई लक्षित गरी स्थापना गरेको स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा व्यक्तिगत रुपमा रु ५०००। (पाँचहजार) स्वच्छिक सहयोग गर्नुभएको छ । उहाँ गाउँपालिकाले स्थापना गरेको उक्त कोषमा शिक्षक कर्मचारीको तर्फबाट स्वैच्छिक सहयोग गर्ने पहिलो व्यक्ति हुनुहुन्छ ।

त्यसैगरी एकीकृत नेपाल शिक्षक संगठनका कुमाख गापा गाउँ कमिटी सचिव तथा नेपाल शिक्षक महासंघका कुमाख गापा गाउँ कमिटी सदस्य एबम् श्री उज्ज्वल आ.वि बुकाइनडाँ कुमाख गाउँपालिका–५, सल्यानका प्रधानाध्यापक श्री दिलाराम बुढाथोकीले पनि कुुुमाख गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा व्यक्तिगत रुपमा रु ३०००।–तीनहजार) स्वैच्छिक सहयोग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

<