दुई दिनमा बलिउडका दुई हस्तीको निधन, इरफानपछि ऋषि कपुरको मृत्यु

 

बिहिबार, बैशाख १८, २०७७

 

काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको पनि क्यान्सरका कारण मृत्यु भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । ६७ बर्षीय ऋषि कपुरको विहीबार विहान मृत्यु भएको छ ।

बलिउडका सुपरस्टार अमिताब बच्चनले उनको मृत्यु भएको पुष्टी गरेका छन् । सन् १९५२ मा मुम्बईमा जन्मेका ऋषि क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्यासँग जुधिरहेका थिए । अमेरिकामा करिब एक वर्ष क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए ।

बलिउडले बुधवार मात्र अर्का सुपरस्टार इरफान खानको निधन भएको थियो । २ दिनमा बलिउडका दुई सुपरस्टारको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस

<