अनिबार्य अबकाश हुने शिक्षकलाई बिदाई

सन्जिब शर्मा
सल्यान,१५ माघ
जनता माध्यमिक बिधालय रागेचौर सल्यानमा २०४०/४/१ स्थायी नियुक्ति लिई इमन्दारी, कतब्यनिष्ठतापुर्बक निरन्तर शिक्षण सेवामा रहेका प्राथमिक तह प्रथम श्रेणीका नर बहादुर बिक लाई २०७६/१०/१५ गते उमेर हदका कारण झन्डै ३७ बर्ष पछि अनिबार्य अबकाश हुने शिक्षक बि . क लाई बिधालय परिवारले एक अाैपचारिक कार्यक्रम बिच बिदाई गरेको छ । उत्त बिदाई कार्यक्रममा प्रधानध्यापक नोख बहादुर गोसाइ लगायत बिधालय परिवारले अबिर आबरन गरि दोसल्ला अाेढाई कासको थाली र करुवा उपहार स्वरुप प्रदान गरिएको छ । साथै बिद्यार्थी र अन्य आगन्तुक अतिथिहरुले पनि फुललमाला र अबिराबरन गरि बिदाई गरेका छ्न ।शिक्षक अभिभावक संघ अध्यक्ष भद्र बहादुर बुढाथोकी अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन शिक्षक नन्दराम भारतिले गरेका थिय ।

 

कुराकानी सकियो

प्रतिक्रिया दिनुहोस

<