(सम्पादकीय) आफूले आफैलाई नियन्त्रण गर्न जरुरी

समाजमा विभिन्न प्रकारका घट्ने गर्दछन् ।

त्यस्को कारणबारे खोतल्दै जाँदा प्रत्येक नागरिकले आफूलाई केही न केही नियन्त्रण गर्नुुपर्ने देखिन्छ । त्यसमध्ये पनि युवाहरुले अँझ बढी ध्यान दिन जरुरी छ । हिजोआज धेरै युवाहरु कुलतमा फसेका छन् ।

युवाहरु कुलतमा फस्ने मुुख्य कारण आफूले आफैलाई नियन्त्रण गर्न नसक्नुु हो । जागीर हुुदाहुुदै मादक पदार्थको सेवनको लतले अकालमा ज्यान गएका घटनाहरु छन् । परिवारमा आयआर्जनको बाटो हुुदाहुुदै पनि युवाहरु विग्रीएका छन् ।

घरमा सवैथोक हुुदाहुदै पनि ट्यापेको रुपमा हिडेका छन् । बाबुले दुख गरेर प्रशस्त कमाईदिएता पनि छोराहरुले सवै सम्पत्ति सिध्याएका छन् । राम्रो जागीर हुुदाहुदै पनि मादक पदार्थको सेवनले कार्यालय समय पनि चिन्न नसक्ने भएका छन् ।

खराब बानीले कैयौं युवाहरुले अकालै ज्यान गुमाएका छन् । यसर्थ आफूले आफैलाई नियन्त्रण गर्न जरुरी छ । मान्छेका शत्रुु भनेकै लोभ, मोह, रिस, मात्सर्य लगायतका बानी र चिन्तन नै हुन् ।

जसरी भएपनि संयम अपनाउन जरुरी हुुन्छ । मिठो भयो भन्दैमा खाना नहुने वस्तुु खाना खोज्ने, मन लाग्यो भन्दैमा अरुको छोरीचेलीमाथि कुदृष्टि राख्ने, मन लाग्यो भन्दैमा आफ्नो क्षमताले नसक्ने विलासिताका वस्तुहरु खरिद गर्ने जस्ता कुराहरुमा आफूलाई नियन्त्रण गर्नैपर्दछ ।
आज जति पनि आत्महत्याका घटनाहरु घटेका छन्, तिनीहरुमा मानिसले आफूलाई नियन्त्रण गर्न नसक्नुु नै प्रमुुुख कारण हो ।

छिमेकीले धेरै कमायो, तर आफूले कमाउन सकिन भनेर आत्महत्याको बाटो रोज्नेहरु छन् । आफ्ना साथिहरुका राम्रा घर र राम्रो गाडि छ, आफ्नो भएन भनेर आफुुलाई सम्हाल्नै नसक्ने बानीले पनि आत्महत्या या गलत क्रियाकलापतिर डोर्याएको अवस्था छ ।

पछिल्लो समय युवायुवतीहरुमा डिप्रेसनको समस्या बढेको छ । डिप्रेशन हुनुुको कारण पनि आफूले आफैलाई नियन्त्रण गर्न नसक्नुुको परिणाम हो । आफ्ना सवै ज्ञानेन्द्रीय र कर्मेन्द्रियहरुलाई नियन्त्रण गर्नुुपर्दछ ।

अतः आफूूले आफूूलाई नियन्त्रण गनुुपर्ने कुरा सवैमा लागू हुुन्छ ता पनि पछिल्लो पुस्ता र युवापुुस्ताले अँझ बढी ध्यान दिन जरुरी छ । यदि संयमता अपनाउन सकिएन भने त्यसको परिणाम पक्कै पनि राम्रो आउदैन ।

आत्महत्या, चोरी, डकैति र मादक पदार्थको सेवन गरी अकालमा ज्यान गुमाउनुको विकल्प रहदैन । यसबारे समाजका अग्रज वर्गले आफ्नो पहुुँचमा रहनेहरुलाई प्रशिक्षण गर्न जरुरी छ र समाजमा गलत क्रियाकलापलाई न्यूनिकरण गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

<