भरियाले लक्षित वर्गका लागि छुट्याएको रकम कहिले पाउनेः अरुण

भाद्र १२, सल्यान ।

सल्यानको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसी अरूणले लक्षित बर्गका लागि छुट्याइएको बजेट उनिहरुसम्म पुग्नेमा शंका देखिएको बताएका छन ।
महिला, दलित, जनजाती, अपांगको नाममा छुट्याएको रकम वा तिनिहरुले पाउने सुविधा समाजका जान्नेबुझ्नेले मात्रै पाएको भन्दै उनले समाजको व्याख्याका विषयमा बहस गर्नुपर्ने तर्क राखेका हुन ।
संविधानमा नै समाजवाद उन्मुख हुने कुरा उल्लेख भएकाबेला जातजाती, भाषाभाषी जस्ता कुरामा अल्झीननहुने उनको तर्क छ । उनले समाजमा वर्ग भएकाले वर्गिय रुपमा विश्लेषण गर्दै सामाधानका लागि पनि त्यस्तो योजना बनाउनुपर्ने बताएका हुन ।
समाजमा सबै जातिभित्रका  गरिव, भरिया, किसान तथा श्रमिकहरुको पनि समावेशीकरणलाई सोच्नेबेला आएको भन्दै उनले वर्ग धरातलका आधारमा आर्थिक आयस्रोतमा केन्द्रित गरेर जानुपर्नेबेला आएको बताएका हुन ।
उनले दलित, महिला, जनजाती, अपांग तथा हुनेखाने र पहुचवालाले लिने सबै बजेटलाई लक्षित वर्ग केन्द्रित गरेर परिचालन गर्नुपर्ने भन्दै सबैलाई एउटै नजरले हेर्न नहुने बताए ।
उनले सल्यानमा सबैभन्दा बढि गरिवी दार्मामा ३८ प्रतिशत र दलित पनि ३५ प्रतिशत भएकोले दलित किसान सरकार हातेमालो कार्यक्रम लागु भएको भएको उल्लेख गरे ।
वर्गिय समास्या समाधान भएमा सबैका अधिकार प्राप्त हुने भएकाले दार्मामा उनले विपन्नलाई सोलार वितरण, खरको छानामुक्त,  वाल तथा युवा, महिला अनि घाइते अपांग संञ्जालबाट सशक्तिकरणका कार्यक्रम, वडाहरुमा मेलमिलाप केन्द्रबाट मेलमिला जस्ता काम गरिरहेको बताएका हुन ।
प्रतिकृया दिनुहोस

समाज निर्माणका लागि दृष्टिकोण बदलौंः दिलमाया

अनलाइन तहल्का  भाद्र १२, सल्यान ।  गाउँपालिका महासंघकी केन्द्रिय कोषाध्यक्ष दिलमाया बुढामगरले मान्छेको दुष्टिकोण बदलिएमा मात्रै हरेक काम सफल

सल्यानमा लोपोन्मुख ‘हुँडार’ काे घाइते अवस्थामा उद्धार

अनलाइन तहल्का भदाै १२, सल्यान । सल्यानमा ढाड भाँचिएर घाइते भएको अवस्थामा फेला परेको लोपोन्मुख जनावर ‘हाईना’ को उद्धार गरिएको छ । स्थानीय भाषामा

प्रतिक्रिया दिनुहोस

<