छत्रेश्वरिको क्वारेन्टाइनमा बसेका ५९ जना घर गए

  बैशाख १७ गते बुधबार
 
१७ बैशाख सल्यान :
सल्यानको छत्रेश्वरी गाउँपालिकाले क्वारेन्टाइनमा बसेका हरु मध्ये ५९ जनालाई डिस्चार्ज गरिएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित भोटेचौर केन्द्रमा बस्दै आएका ५९ जनालाई बुधबार विदा गरिएको हो ।

उनीहरुको आरडिटि परीक्षण गर्दा नेगेटिभ देखिएपछि बिदाई गरिएको हो। उनिहरुको क्वारेन्टाईनमा बस्ने अवधी पुरा भएपछी परिक्षण पश्चात् घरमा पठाएको गाउँपालिकाका अध्यक्ष सन्तोष केसिले बताएका छन।

गाउँपालिकाको सातै वटा केन्द्रहरुमा निर्माण गरेका क्वारेन्टाइन  २ सय ७५ जना बस्दै आएका थिए।भोटेचौर केन्द्रमा मात्रै १ सय ५ जना रहेको गाउँपालिकाले जनाएको छ।ती १ सय ५ जना मध्य ५९ जनालाई घर पठाएको र क्रमश अन्यलाई पनि परिक्षण गरेर घरमा पठाइने अध्यक्ष केसिले बताए।

बुधबार ५९ जनालाई गरिएको आरडिटि परिक्षण रिपोर्ट नेगेटिभ आएको  हो।विभिन्न कामको शिलशिलामा जिल्ला बाहिर रहेका हरुलाई गाउँपालिकाले विभिन्न स्थानहरुबाट ल्याई क्वारेन्टाइनमा राखेको छ।

प्रतिक्रिया दिनुहोस

<