सोमबार राती स्थानीय सडकमा सबै स्थानीयले गहुँ मिर्नको लागि मेसिन बोलाएका थिए । केहिदिन अघि खेतमा काटेको गहुँ वर्षातको कारण मिर्न हतार भएपछि उनिहरुले दिनभरि मेसिन कुरेर राती पातिहाल्नमा मिसिन बोलाएर गहुँ मिर्दा सो घटना भएको वडा अध्यक्ष राज बहादुर बुढाथोकीले लेकाली अनलाइनलाई बताए ।
अध्यक्ष बुढाथोकीका अनुसार राति एक बजे गहुँ मिर्नको लागि किसान योगीको पालो आएको थियो । सोहि क्रममा उनले हतारहतारमा गहुँका मुठा मेसिनमा राख्दा दुवै हात मेसिनको भित्र पुगेपछि मेसिनले हात काटेको हो ।
उपचारको लागि उनलाई श्रीनगरबाट नेपालगन्ज रिफर गरिएपनि त्यहा उपचार हुन नसकेर काठमाडौं लिने तयारी भैरहेको छ । उनको अवस्था अहिले गम्भीर भएको अध्यक्ष बुढाथोकीले बताए ।
पछिल्लो समय सल्यानमा छिटो र छरितोको लागि मेसिन प्रयोग गरेर गहुँ काट्ने र मिर्ने क्रम बढिरहेको छ । मेसिन कम भएकोले दिनरात किसानहरु पालो कुरेर हतारमा काम गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस