पोखराबाट ल्याई श्रीनगरमा अलपत्र पारिएका यात्रुहरुलाई वडाध्यक्षको पहलमा थारमारे पठाइयो ।


सल्यान, १६ चैत ।
आज विहान पोखराबाट ३ वटा बसमा घरसम्म जान भनी आएका ८८ जना यात्रुलाई बसले श्रीनगरमै झारीदिएपछि अलपत्र परेका थिए ।
यात्रु अलपत्र परेको खबर पाएपवर्छि शारदा नपा १ श्रीनगरका वडाध्यक्ष नवराज बुढाथोकीको पहलमा इलाका प्रहरी कार्यालय शीतलपाटीले यात्रु छोडेर दाङतिर फर्कदै गरेका बसलाई इप्रका लुहाम बाट फकार्ईका सबै ८७ जना यात्रुलाई थारमारे सम्म पठाईएको छ ।

बसममा पोखराबाट आएका यात्रुहरु, कुमाख गाउँपालिका, बागचौर नगरपालिका, रुकुम र जाजरकोटका रहेको बडाधयक्ष बुढाथोकीले जानकारी दिएका छन । १ जना यात्रु शारदा नगरपालिका १५ का रहेको र उनलाई घर पठाईएको बताईएको छ ।

३ वटा बसमा थारमारे सम्म पठाईएको र उनीहरुलाई गन्तव्य सम्म पठाउन बागचौर नगरपालिकालाई जानकारी गराईसकेको वडाध्यक्ष बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस

<