प्रकृतिका अगाडि मानिसको केही जोर चल्दैन

२०७६ चैत १६ गते ।
मानिसहरु बेलाबेलामा आफ्नैै आविश्कारले मख्ख पर्ने गरेको कुरा सवैलाई थाहै छ । मानिसले चटट।नी पहाड खोलेर सुरुङमार्गबाटै गाडि हिडाएको छ ।

हजारौं मानिसहरु एकैपटक चढ्नसक्ने पानीजहाज बनाएर समुन्द्रबाटै एक देश र अर्को देशका बासिन्दालाई भेटाईदिएको छ । सयौं जनाले बोक्न नसक्ने बस्तुहरु सजिलै र थोरै समयमा संसारको एक कुनाबाट अर्को कुना पुर्याईदिएको छ ।

लाखौं मानिसहरु एकै दिनमा एक देशबाट अर्को देशमा यात्रा गरिरहेका छन् । घरभन्दा ठूला जहाज बनाएर आकाशमा फनफनी घुमाईरहेको छ । यी र यस्ता अनगिन्ती कामहरु मानिसले गरेको छ र संसारको सवैभन्दा बुद्धिजिवी र शक्तिशाली भनेर गर्व गरिरहेको छ ।

तर बेला बेलामा निम्तिने प्राकृतिक प्रकोप र महामारीले फेरी केही पछाडि हट्न बाद्य पनि बनाउने गरेको छ । यतिवेला कोरोना भाइरसले संसार हल्लाईदिएको छ । आज १९७ देशका जनता एकैपटक त्रशित छन् । कैयौं देशमा मानिसहरु घरभित्रै छन् ।

आँखाले देख्नै नसक्ने एक प्रकारको भुसनाको डरले मानिसहरु छटपटाईरहेका छन् । आज गाउँ, शहर र विभिन्न उद्योग कलकारखानाहरु ठप्प छन् । दिनमै पटक पटक मानिसले हात धोएरै समय विताउनुपरेको छ । मुख छोपेर बस्नुपर्ने अवस्था छ ।

करोडौं मानिसहरुको निन्द्रा र भोक हराईदिएको छ । संसारका शक्तिशाली देशका नागरिकहरु पनि थुर थुर काँपीरहेका छन् । राजा, मन्त्री, धनी कसैलाई पनि सुखसित बस्न सक्ने अवस्था छैन । हजारौं रोगी र विरामीहरुलाई बचाउने डाक्टर नै अहिले भुसुनाको सिकार भएका छन् । आज खरबौं रुँपयाको नोक्सानी भएको छ ।

संसारभर आर्थिक संकट निम्तिदै गएको छ । कतिपय मानिसहरु भोकभोकै मर्नुपर्ने हो कि भनेर डराईरहेका छन् भने कतिपय मानिसहरु भुसुनाले भेटछकि भनेर रातदिन छटपटाईरहेका छन् । कतिपय देशमा आज संसारको सर्वश्रेष्ठ मानिने मानब जातिले भुसुनाकै कारण मर्ने अवस्थाम परिवारका सदस्यसंग भेट्न पाएका छैनन् । अन्तिम छटपटाहटमा एक्लै मरिरहेका छन् ।

यसरी आज कोरोना भाईरसले गर्दा पनि मानिसले सवै कुरा जान्दैन भन्ने पुष्टि गरेको छ । यस प्रकारका महामारी यस अघि पनि आउने गरेको र बेलावखत आईरहने गरेको ईतिहासले पनि देखाउछ ।

एक प्रकारको समस्याबाट मानिसलाई बचाए पनि फेरी अर्को प्रकारको समस्या मानिसलाई आएकै छ । जतिसुकै सुविधा सम्पन्न जीवनशैली बनाए पनि मानिसको आयु दोबर बनाउन सकेको छैन । कतिपय देशमा केही वर्ष बढी बाँच्न सक्ने अवस्था छ ता पनि जुन खालको सुविधा सम्पन्न जीवनशैली मानिसको छ, त्यसले अँझ बढि बाँच्न सक्नुपर्दथ्यो, मानिसहरु चिन्ताविहीन हनुुपर्दथ्यो, तर त्यसो हुन सकिरहेको छैन ।

अतः मानिसले ढुक्कको जीवनशैली बनाईसक्यौं भनेर कसैले पनि फूर्ति गर्न सक्ने अवस्था छैन । कोरोनाको महामारीले आज फेरी मानवीय आचरण, व्यबहार, जीवनशैली, सभ्यता र संस्कृतिमाथि समीक्षा गर्नुपर्ने अवस्था ल्याएको छ ।

ठूला भनिएकाहरुले सानाबाट पनि सिक्नुपर्ने दिन आउदैछन् । सत्ता, शक्ति र सम्पत्तिको धाक लगाउनेहरु फेरी पनि प्रकोप र प्रकृतिसामू निरीह बन्नैपर्ने कुराको पाठ सिक्नेवेला आएको छ ।

प्रतिक्रिया दिनुहोस

<