फेरी मुलुक संकटतिर धकेलिदै

नेपालका पछिल्ला घटनाक्रमहरुले देश फेरी संकटतिर धकेलिदै गरेको सहजै अनुुमान गर्र्न सकिन्छ । उद्योग व्यबशायमा लाग्नुुपर्ने र देश निर्माणमा लाग्नुुपर्ने जनशक्ति आन्दोलनका कार्यक्रमहरुमा हिड्न थालेपछि मुलुक अब फेरी पश्चगमनतिर जादैगरेको आभाष नागरिकहरुलाई हुनथालेको छ ।

विभिन्न घटनाक्रमहरुले देशले विकासको गति लिन सकेको छैन । लामो जनयुुद्ध, संक्रमणकाल, भुुकम्प, बाढि पहिरो, नाकाबन्दी, महामारी लगायतका समस्याहरु भोग्दै आएका नागरिकहरु फेरी पनि कतै राजनैतिक अस्थिरता निम्तिन्छ कि भन्ने डरमा छन् । मुलुकमा स्थायी सरकारको आवश्यकता छ  ।

पाँच वर्षसम्म ढुुक्कले शासन व्यवस्था सम्हाल्ने गरी जनताले निर्वाचित गरेका नेतृत्वले जिम्मेवारी सम्हाल्न नसक्नुुले नागरिकहरु निरास बन्दै गएका छन् । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरिसकेपछि मुलुुकमा विभिन्न प्रकारका आन्दोलनहरु सुुरु भएका छन् । पार्टीभित्र विभिन्न प्रकारका गुुटहरु देखिन थालेका छन् । राजनीति पुुरै तरंगीत बनेको छ ।

अपवाद्बाहेक नेताहरु स्वार्थकेन्द्रित बनेका छन् । स्पष्ट रुपमा दुुइ गुट हुुने भएपछि नेताहरुमा कार्यकर्ता तानातानको अवस्था बनेको छ । नेपालको राजनीतिले फेरी पुरै विश्वको ध्यान खिच्न थालेको छ । देशको अर्र्थतन्त्र फेरी पनि तहसनहस् हुने दिशामा अगाढि बढेको छ । विदेशी चलखेल बढ्न थालेको छ । विदेशी राजदुुतहरुको सक्रियता बढेको छ ।

सारा नेपालीहरुलाई अर्तिउपदेश दिदै हिड्ने केपी ओली हाँस्यपात्र बनेका छन् । विकासका विभिन्न सपना बाँडेका ओलीका सपनाहरु पुुुरा नहुदै अलमलमा परेपछि उनी एक्लीन थालेका छन् । उनी अब बलियो बन्न निकै कसरथ गर्नुुपर्र्ने भएको छ । जनताको विश्वास गुुुमाईसकेपछि फेरी त्यो विश्वास जित्न अब निकै कठिनाई बन्दै गएको छ । उनको एकातिर स्वास्थ्य अवस्था पनि कमजोर बन्ने र अर्कोतिर सवैतिरबाट आलोचित बन्नुपर्ने अवस्थाले लामो समय बनाएको राजनैतिक उचाई र प्रतिष्ठा पनि ह्वात्तै घट्दै जाँना थालेको छ ।

एकातिर राजावादी शक्तिहरुले मौका पाईरहेका छन् र अर्कोतिर आफ्नै पार्टीका अवसरका भोकाहरु अगाडि बढ्न थालेका छन् । केही महिना वा वर्षमा त निकास निस्केला, तर अहिले भने मुलुुक अस्थिरता तर्फ धकेलियो । विकास निर्माणका काम छोडेर नागरिकहरु सडक तताउन थालेका छन् । कर्मचारीहरु यो दृष्य रमाईलो मानेर बसिरहेका छन् । किनकी देशको चिन्ता गर्ने कर्मचारीहरु केही थोरै संख्यामा मात्रै छन् । बाँकी कर्मचारी त आफ्नै तलब, भत्ता र बोनस्को मात्रै चिन्ता गर्दछन् ।

समग्रमा मुलुक अस्थिरतातर्फ धकेलिदा विकास निर्माणले गति लिन सक्दैन । रोजगारीका अवसरहरु बढ्न सक्दैनन् । यसकारण नागरिकहरु चिन्तित बन्ने अवस्था आएको छ ।

प्रतिक्रिया दिनुहोस

<