अदुवाले मुल्य नपाउदा कृषक चिन्तीत

सल्यान, १३ मंसिर ।

सल्यान अदुवाका लागि प्रख्यात जिल्ला मानिन्छ । अदुवाको पकेट क्षेत्र मानीने सल्यानको शारदा नगरपालिका १४ माल्नेटा ढारखाानीका किसानहरू अहिले अदुवा खन्न ब्यस्त भएका छन् । तरपनी सोचे अनुसारको भाउ नपाउँदा किसानहरु चिन्तित बनेका छन् ।

नगदे बालीको रुपमा रहेकोे अदुवा गत बर्ष ६ हजार रुपैया क्वीन्टलको दरले बेचेको र अहिले भने त्यसको आधा मुल्यमा बेच्न बाध्य भएको स्थानीय कृषकको भनाइ छ । काम अनुसारको उत्पादन भएतापनी उचित मुल्य पाउन नसक्दा अदुवा खेती गर्ने उत्साहमा कमि आउने सम्भावना रहेको स्थानीय कृषक हेमराज गिरीले बताउनुभयो ।

उहाँले भन्नुभयो ढारखानीमा उत्पादन भएको अदुवा पश्चिम नेपालको ठूलो बजार नेपालगञ्ज, भारतमा समेत निकासी हुने गरेको छ तर यो बर्ष कोरोना रोकथामको निम्ती अपनाएको लकडाउनको कारणले होला यो बर्ष त अदुवाको मुल्य निकै कम छ, के गर्नु त्यसै कुहिनु भन्दा कम मुल्यमा भएपनी अदुवा बेच्नै पर्ने बाध्यमा छौ ।

अदुवा पहाडी जिल्लामा फल्ने नगदे बाली भएकाले पनि यसको खेती सल्यानमा गरिन्छ । नेपालमा मात्र नभएर विश्वभर नै ढारखानीको अदुवा उत्कृष्ट मानिन्छ ।

खासगरी अदुवाको खेती गर्नका लागि सामान्यतया पानी नजम्ने दुमट किसिमको माटो उपयुक्त हुन्छ । अदुवाकोे पकेट क्षेत्र मानिने माल्नेटा त्याँहाको अदुवा गानो रेशादार हुनेभएकेले ढारखाानी अदुवा उत्पादनको निम्ती प्रख्यात मानिन्छ ।

प्रतिक्रिया दिनुहोस

<