रुकुम पश्चिममा जन्ती बोकेको गाडी दुर्घना हुँदा पाँच जनाको मृत्यु

रुकुम पश्चिम, १३ मंसिर ।

रुकुम पश्चिममा जन्ती बोकेको गाडी सडकबाट तल खस्दा पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु भएका पाँच जना मध्ये चार जनाको घटना स्थलमै ज्यान गएको हो भने गम्भीर घाइते भएका वडा नं. ८ का ५८ वर्षीय लालबहादुर सार्कीको उपचारकै क्रममा मृत्यु भएको हो । उनलाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा जाजरकोटमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

शुक्रबार बेलुकी साढे ८ बजे जिल्लाको आठबिसकोट नगरपालिकाको घारीखोला बाट जन्ति बोकेर गएको रा १ झ ५८९ नम्बरको जीप आठबिसकोट नगरपालिका ८ कै दाजेमा बाटो बाट तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका अनुसार सडक बाट गाडि खस्दा ज्यान गुमाउनेहरुमा रुकुम पश्चिम जिल्ला, आठबिसकोट नगरपालिका वडा नं. ०८ बस्ने अन्दाजी बर्ष ५१ को कलीभान नेपाली, सोहि ठाउ नीवासी अन्दाजी बर्ष ४८ का आईते चनारा, अन्दाजी बर्ष ५१ का गोरे नेपाली, बर्ष ६६ को सार्के नेपालीको घटनास्थलमै मृत्यु भएको थियो ।

जीप रोकेर राखेको समयमा चिप्लिएर सडक बाट तल खसेको स्थानीयबासिले बताएका छन । गाडी बाट मान्छेहरु झर्दै गरेको समयमा शुक्रबार साझ ८ः३० बजेको समयमा गाडी सडक बाट तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका अनुसार ८ः३० वजेको समयमा आठबिसकोट न.पा. वडा नं. ०८ दाजेबाट १०-१२ जना जत्ती बोकेर रा १ ज ५८९ नंवरको ट्याक्सी सोही पालिकाको वडा नं. १० घारीखोलाबाट फर्किने क्रममा दाजे भन्ने स्थानमा अचानक सडकदेखि अन्दाजी १०० मिटर तल खसेको थियो । चालक डिल्लीबहादुर नेपाली शनिबार बिहान सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै प्रहरी निरिक्षक लाल बहादुर सुनारको कमाण्डमा ११ जनाको टोली घटना स्थलमा खटि उद्धार कार्य गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

<