अर्गानिक कृषि नमुना गाउँ कार्यक्रमको लागि १० करोड


सल्यान,१२ मंसिर ।
सुर्खेतको सिम्ता गाउँपालिकामा अर्गानिक नमुना गाउँ कार्यक्रमको लागू हुने भएको छ । अर्गानिक नमुना गाउँ कार्यक्रम निरन्तरता तथा विस्तार सम्बन्धि छलफल तथा सुझाव संकलन कार्यक्रम कृषि विकास निर्दशालय कर्णाली प्रदेश सुर्खेत र सिम्ता गाउँपालिकाको आयोजनामा सम्पन्न भएको छ ।

सिम्ताका अगुवा किसानहरुको उपस्थितिमा कार्यक्रम सिम्ताको जामुनेबजारमा भएको थियोे । कार्यक्रममा गाउँंपालिका अध्यक्ष कविन्द्र कुमार केसिले सिम्ताको हालको अबस्थाको वारेमा भिडियो सहित ततकालिन अवस्थाको विषयमा भिडियो प्रस्तुत गरी जानकारी दिनु भएको थियो ।

त्यसै गरी सिम्ताको किसानको अवस्था र उत्पादन हुने भुमिको अवस्थाको वारेमा अवगत गराउनु भएको थियो । अर्गानिक गाउँ बनाउनका लागि सम्पुर्ण सहभागीहरू बाट सुझाव संकलन गरि लिपिबद्ध गरिएको छ ।

सहभागी किसानहरूले अर्गानिक गाउंँको लागि बजारीकरण र बजेटको अभाव भएको समस्या राखेका थिए । कृषि तथा सहकारी मन्त्री माननीय विमला केसीले सिम्ता गाउँपालिकामा मोडेल कृषि गाउँ बनाउनका लागि मात्र करीब १० करोड रकम विनियोजित गरिएको जनाउँदै आवश्यकता अनुसार थप बजेटको ब्यवस्थापन हुने जनाउनु भएको छ ।

त्यसैले ढुक्क भएर अर्गानिक उत्पादनतर्फ लाग्न कृषकलाई अग्रह गर्नुभएको छ । कृषि मन्त्रालयका सचिव राजेन्द्र भारीले योजना निर्माण र व्यबस्थापन हामी गर्छाै ब्यवसाहिक रूपमा फिल्डमा उत्रिएर काम गर्न कृषकलाई आग्रह गर्नुभएको थियो ।

निर्देशालयका निमित्त निर्देशक चित्र बहादुर रोकायाले सिम्ता गाउँपालिका आफैमा अर्गानिक गाउँ भएकोले काम गर्ने र अर्गानिक गाउँ घोषना गर्न सजिलो भएको बताउनु भएको थियो ।

साथै अर्गानिक गाउँ घोषना गर्न सबैले प्रतिबद्धता समेत जाहेर गरेका थिए । सिम्तामा समग्र मन्त्रालयको टिम र निर्देशालयको टिम आएकोले सिम्ताको विषयमा चासो बढी भएको भन्दै कृषकहरूले खुसी ब्यक्त गरेका थिए ।

गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाहीले अर्गानिक नमुना गाउँ कृषि कार्यक्रम आउनु भएका अतिथिहरूलाई स्वागत गर्नुभएको थियो । पछिल्लो समय सुर्खेत सिम्ता गाउँपालिकाका स्थानीय कृषि पेशा प्रती आकर्षित भएको छन् ।

गाउँपालिकाले समेत कृषकका लागि राहत र सहयोग गर्न थाले पछि किसान उत्पादनमुखी व्यवसायीमा जुट्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस

<