समस्यामा मौन बस्ने बाबुुरामको विश्वास कसरी गर्ने ?

अहिले देश मिचिएको छ । सीमा क्षेत्रका नेपालीहरु नेपालको लालपुर्जा बोकेर टोलाईरहेका छन् । भारतीय सेनाको कब्जामा नेपाली भूूमि छ । यस्तो संकटको घडिमा देशका शक्तिशाली वर्गले के बोल्छ र के गर्छ भनेर जनताले चासोका साथ हेरिरहेका हुुन्छन्  ।

नेपाली जनतासामुु ठूूला ठूूला कुरा गरेर जनताका अाँखामा छारो हाल्ने बाबुुराम यतिबेला मौन छन् । अन्तराष्ट्रिय भाषामा समेत दक्ष र नेपालका पूर्व प्रधानमन्त्रि समेत रहेका बाबुुरामले देश मिचिएको बेला अलि खरो रुपमा उत्रिन सक्नुुपर्दथ्यो ।

देश ओली या दाहालको मात्रै होईन, देश मिचिएको बखत सत्तापक्ष, प्रतिपक्ष र नागरिक समाजले समेत काँधमा काँध राखेर हिड्न सक्नुुपर्छ । तर सरकारले कुुटनीतिक पहल गर्नुुपर्छ भन्दै बस्यो भने भोलि भारतले नेपाल निल्दै जानेछ ।

यतिवेला सत्तापक्ष, प्रतिपक्ष लगायत आम जनता समेतले आवाज उठाएर भारतलाई नैतिक दवाव दिन सक्नुपर्दथ्यो । त्यतातिर ध्यान गएको देखिदैन ।

चोर घरभित्र पस्यो भने प्रशासनलाई खवर गर्ने मात्रै होईन, सकिन्छ भने आफैले पनि चोर समात्ने प्रयाश गर्नुुपर्छ । चोर देखेर चिनेर पनि केही नगर्नुु भनेको कि त हारेको मनस्थिति हो, कि त लुुटे लुुटोस् भन्ने नै हो ।
यसअघि कुुनै समय बाबुुराम भटराई एक समय निकै विवादित रहे ।

कतिपयलाई राम्रै लाग्ने कुुराहरु पनि उनले गरे । तर दीर्घकालिन असरबारे उनले बुुझ्न सकेनन् । उनले पहाडी र मधेशीको लडाईमा पडाडीलाई साथ दिन्छुु भने, तर मधेशीमा अर्ध नेपाली ( आधा भारती र आधा नेपाली चरित्रका) तर मधेशीमा अर्ध नेपाली ( आधा भारती र आधा नेपाली चरित्रका) घुुसेका छन् र तिनी घातक व्यक्तिहरु हुुन् भनेर बुुझ्न सकेनन् ।

धनी र गरिबको लडाईमा गरिबलाई साथ दिन्छुु भने, तर सत्तामा पुुगेको बखत पनि गरिबको लागि ठुुलै योजना केही बनाएनन् । समाजमा ठूूलो जात र सानोजात मानिदै आएको अवस्थामा सानो जातिको समुदायलाई साथ दिन्छुु भने, तर सानो जाति भनिएकाहरुबाट पनि कहिलेकाँही गलत हुुनसक्छ भनेर सिकाएनन् ।

विद्रोह गर्न सिकाए तर शान्ति र समृद्धिको कुुरा खासै सिकाएनन् । पुुरुष र महिलाको लडाईमा महिलाको साथ दिन्छुु भने, तर कहिलेकाँही पुरुषहरु पनि पीडित हुुन सक्छन् भन्ने सिकाएनन् ।

सानो देश र ठूूलो देशको लडाईमा सानोलाई साथ दिनुपर्छ भन्ने दृढ सोच केही देखिएन । जतिवेला मुलुकमा संकट आउछ, त्यतिवेला सक्दो पहल गरिएन भने त्यसले नागरिकहरुको हित गर्दैन  ।

मुुलुक संंकटमा भएको वखत नबोल्ने नेतृत्वलाई नेता मान्न सकिदैन । यस्ता नेताहरुको नागरिकहरुले विश्वास पनि गुुमाउदै जान्छ ।

प्रतिक्रिया दिनुहोस

<