विश्व प्रसिद्ध आँखारोग विषशज्ञको जीवनी एक सल्यानीद्वारा विमोचन

काठमाडौं, असोज १२ ।

शनिवार, विश्वप्रसिद्ध आँखा रोग बिषसज्ञ डाक्टर सन्दुक रुइत् को जीवनी काठमाडौंमा बिमोचन भएको छ । अस्टर्लियन पत्रकार अली ग्रिपरले लेखेको र नेपाली अनुवादन नेपालका प्रसिद्ध लेखक खगेन्द्र सङ्रौलाले गरेको पुस्तकको विमोचन एक सल्यानीले गरेका छन् । काठ्मान्डुको धुम्बाराइ स्थित अकाम होटेलमा शनिवार एक भव्य कार्यक्रमबीच उक्त पुस्तकको बिमोचन भएको हो ।


सल्यान जिल्ला साविक दमाचौर गा.वि.स. काल्चेका टोपप्रसाद शर्माले सन्दुक रुइतको जीवनी पुस्तक विमोचन गर्ने अवसर पाएका हुन् । आजभन्दा करीब २ दशक पहिले आँखाको समस्या भई संसार नै अँध्यारो लाग्ने अवस्थाका शर्माको आँखा अप्रेशन गरी सफल भएपछि डाक्टर सन्दुक रुइतको नजरमा शर्मा सधैं रहने गरेका छन् । हुनत हजारौं मानिसहरुका आँखाको उपचार गरेहोलान् डाक्टरले तर लामो समयदेखि समस्यामा रहेका शर्माको उपचारलाई उनले पनि महत्वपूर्ण उपलब्धिको रुपमा हेरेका थिए । सधैं सम्झनामा राखिरहेकोले नै डाक्टरले यसपटक आफ्नो जीवनी बिमोचनका लागि शर्मालाई सल्यानदेखि काठमाडौं निम्त्याएका थिए ।

विश्वप्रसिद्ध डाक्टरको जीवनी काठमाडौंमा आयोजित भव्य समारोहमा आफूले विमोचन गर्नपाउँदा आफूलाई निकै खुसी लागेको शर्माले बताएका छन् । शर्मा छत्रेश्वरी १, दमाचौर, काल्चेमा रहेको जनज्योति आधारभूत विद्यालयका शिक्षक हुन् ।

प्रतिक्रिया दिनुहोस