८ सय ८४ ग्राम लागु औषध सहित ३ जना पक्राउ

८ सय ८४ ग्राम लागु औषध सहित ३ जना पक्राउ

असोज ११, सल्यान


जिल्ला प्रहरी कार्यालय सल्यानले लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्लाको बागचौर नगरपालिका वडा न ४ सेतीगुराँँसबाट रुकुम पश्चिम बाफिकोट गाउँपालिका वडा न ९ झुलाका २० वर्षिय कमल विष्ट मगर, रुकुम आठबिसकोट नगरपालिका वडा नं. १२ का २२ वर्षिय मान बहादुर गिरी र दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का १८ वर्षिय प्रेम पुन मगरलाई लागु औषध सहित शुक्रबार साँझ पक्राउ गरेको हो । शनिवार पत्रकार सम्मेलनको आयोजना गरी आरोपी र लागु औषध सार्वजनिक गरेको हो ।

उनीहरुको साथबाट ८ सय ८४ ग्राम अफिम जस्तो देखिने लागु औषध र बा ३२ प ५२९६ र रा ५ प ५३३२ मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए ।

बा न पा ४ सेती गुरासमा लागु औषध कारोबार हुदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सल्यान बाट प्रहरी साहायक निरीक्षक उत्तम कुमार वलीको कमाण्डमा खटीएको प्रहरी टोलिले मोटरसाइकलमा हिडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको खतिवडाको भनाई छ ।

पक्राउ परेका तीनै जनालाई प्रारम्भिक अनुसन्धान गरी हिरासतमा राखी थप अनुसन्धानको कार्य भई रहेको प्रहरी स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

<