कुमाख पत्रिकाले बार्षिकोत्सव मनाउने

सल्यान, असोज ११  ।

सल्यानबाट प्रकाशित एक मात्र खवरपत्रिका कुमाख दैनिकले प्रथम बार्षिकोत्सव यही असोज १३ गते सोमबार मनाउदैछ । २०७४ साल फाल्गुन १३ देखि कुमाख राष्ट्रिय साप्ताहिकको रुपमा सुरु भएको पत्रिका २०७५ आश्विन पहिलो सातासम्म गरी ६ महिनामा जम्मा ३१ अंक प्रकाशन भएको थियो । त्यसपछि २०७५ आश्विन १३ देखि दैनिक रुपमा प्रकाशन हुँदै आएको कुमाख पत्रिका शुरुमा कुमाख राष्ट्रिय दैंनिकको रुपमा अस्थायी स्वीकृति लिएर प्रकाशन हुँदै आएको थियो । तर २०७६ साल भाद्र महिनामा कुमाख दैंनिकको नाममा स्थायी स्वीकृति पाएर आश्विन १ गतेदेखि कुमाख दैंनिकको नामबाट प्रकाशन भईरहेको छ ।

सल्यान जस्तो जिल्लामा विभिन्न समस्याहरुसंग जुध्दै पत्रिकालाई निरन्तरता दिएको अवस्था छ । हालसम्म ३३१ अंक प्रकाशन भएको कुमाख पत्रिकाले स्थानीय तथा राष्ट्रिय स्तरका समाचारहरु समेटेर जनमानसमा सूसूचित गरेको छ । जिल्लाको कला, साहित्य, संस्कृति, शिक्षा, विकास निर्माण लगायतको बारेमा जनमानसमा लिखित सन्देश पु¥याएर चौतर्फि क्षेत्रको विकासमा मदत पु¥याउदै आएको छ ।

कहिले बत्तिको समस्या, कहिले इन्टरनेटको समस्या, कहिले छपाई मेशिन बिग्रने समस्या र दक्ष प्राविधिक जनशक्ति समयमा उपलब्ध नहुने जस्ता समस्याहरु हुदाहुँदै पनि अपवाद्का दिनहरुबाहेक अन्य दिनहरुमा पत्रिका निरन्तर प्रकाशन भईरहेको छ । कतिपय अवस्थामा नेपालगंज र दाङमा छपाएर पनि सल्यानमा पत्रिकाको निरन्तरता दिएको अवस्था छ । भौगोलिक विकटताका कारण र बाह्रै महिना गाडि नचल्ने भएका कारण कतिपय स्थानीय तहहरुमा वितरणमा समस्या, समयमा नपुग्ने समस्या लगायतका समस्याहरु सञ्चालकले बेहोर्दै आएको अवस्था छ । पहाडै पहाडले भरिएको जिल्लाका प्रमुख व्यापारिक केन्द्र र कार्यालयहरुमा पत्रिकाको पहुँच रहेको छ भने विकट बस्ती, गाउँ र टोलहरुमा पत्रिका पुग्न अँझै पनि कठिन नै भएको छ ।

विभिन्न कठिनाई र चुनौतिहरुसंग जुध्दै पत्रिकाले एक वर्ष पार गरेको छ । उक्त अवसरमा यही असोज १३ गते सल्यान श्रीगर उद्योग वाणिज्य संघको हलमा वार्षिकोत्सव तथा यस वर्षको विजयादशमी तथा शुभदिपावलीको शुभकामना आदानप्रदान कार्यक्रको आयोजना गरिएको छ । उक्त अवसरमा उपस्थितिका लागि सम्पूर्ण ग्राहक वर्ग, पाठक वर्ग, विज्ञापनदाता र शुभचिन्तकहरुमा अनुरोध गरिएको छ । कार्यक्रममा राष्ट्रिय लोक दोहोरी प्रष्ठिान, सल्यानका कलाकारहरुको विशेष सांगितिक प्रस्तुती समेत रहने छ ।

प्रतिक्रिया दिनुहोस

<