बाढीले पावर हाउसमा क्षति गर्दा बाफुखोलाका ३०० घरपरिवार विद्युतविहीन

सल्यान, १२ भदौँ ।

विजय लघु जल विद्युत् परियोजना अवरुद्ध हुँदा बागचौर नगरपालिका–१२ का ३०० भन्दा बढी घरपरिवार विद्युतविहीन भएका छन्। भदौ ३ मा आएको बाढीपहिरोले पावरहाउस र विद्युतका पोलहरुमा क्षति पुर्याएपछि सिंगो गाउँ नै अन्धकारमा बस्न बाध्य भएका हुन्।

बाढीपहिरोले पावरहाउस र विद्युतका पोलमा क्षति पुर्याउदा ३५ लाखभन्दा बढीको क्षति भएको जल विद्युत् परियोजनाका अध्यक्ष सुनिलकुमार केसीले बताए ।

उनले भने, ‘कुलो, पावरहाउसको घर र ६५ वटा विद्युतका पोल र झन्डै ७५ प्रतिशत तारमा क्षति पुगेको छ।’ १० किलोवाटको जल विद्युतबाट ३०० भन्दा बढी घरपरिवारले सुविधा लिँदै आइरहेका थिए ।

स्थानीय स्रोत साधनबाट जल विद्युत सञ्चालन गर्न असम्भव देखिएको उनको भनाइ छ । ‘बाढीपहिरोले घरवारविहीन भएका सेवाग्राहीसँग पैसा उठाउन सक्ने अवस्था पनि छैन,’ अध्यक्ष अध्यक्ष केसीले भने, ‘आन्तरिक स्रोतले पनि मर्मत गर्ने अवस्था छैन।

यसका लागि सरकारले विशेष पहल चाल्न जरुरी छ ।’
एक करोड लगानीमा २०६४ सालमा निर्माण गरिएको जल विद्युत परियोजनामा २०७५ मा पनि बाढीले क्षति पु¥याएको थियो ।

बाढीले कुलो भत्काउँदा सेवाग्राहीले श्रमदान गरेर निमार्ण गरेको बताउँदै सचिव गोपाल खत्रीले यो वर्ष भने थोरै लगानीले मर्मत सम्भव नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

<