हेपाटाइटिस कति घातक , रोग लागेमा कसरी उपचार गर्ने ?

साउन १२ गते,

काठमाडौं । आज विश्व हेपाटाईटिस दिवस हो । विश्वमा क्षयरोगपश्चात हेपाटाईटिस रोग सबैभन्दा ठुलो प्राणघातक रोग बनेको छ । जसको कारण प्रत्येक वर्ष १४ लाखभन्दा बढि मानिसहरूको मृत्यु भईरहेको विश्व स्वास्थ्य संगठन whoको रिपोर्ट छ ।

विश्व स्वास्थ्य संगठनको अनुसार, विश्वभर ३२।५ करोड मानिस हेपाटाईटिस बी र सीबाट संक्रमित छन् । २०१७मा मात्रै हेपाटाईटिसका २८।५० लाख नयाँ बिरामी थपिएको जनाइएको छ । दुःखद कुरा, ८० प्रतिशतभन्दा बढि बिरामी उपचारको पहुँचभन्दा टाढा छन् ।

कसरी हुन्छ हेपाटाईटिस ?
हेपाटाईटिस सामान्य भाषामा यो मानिसको कलेजोमा भाईरसको संक्रमणको कारणले हुने एक खालको बिरामीको अवस्था हो । हेपाटाईटिस रोगको संक्रमण यहि कारणले हुन्छ भन्ने छैन् । संक्रमणका कारण धेरै छन् । तथापी खानेकुरामा सावधानी नपआउँदा यसको संक्रमण हुने सम्भावना बढि हन्छ । दुषित भोजन या पानी पिउँदा यो रोगको संक्रमण हुने सम्भावना हुन्छ ।

हेपाटाईटिस रोगको ५ प्रकार ९ए, बी, सी, डी र ई० छन् । जसमा बी र सी बढि घातक हुने मानिन्छ । सुरुवाती चरणमै उपचार नहुँदा अवस्था गम्भीर हुँदै जान्छ र व्यक्तिको कलेजो पुरै खराबसमेत हुनसक्छ ।

बच्चाको लागि कति खतरानाक ?
पाका मानिसहरुलाई भन्दा यस रोगले बच्चाहरुलाई बढि समस्यामा पार्ने गरेको तथ्य छ । बच्चामा रोगसँग लड्ने क्षमता कम हुने गर्दछ । इम्यूनिटी पावर कम हुने कारण हेपेटाइटिस–ए र ईको संक्रमण बढि फैलने गरेको हो । पछिल्लो समय बच्चाहरुको लागि हेपाटाईटिसको खोपसमेत प्रयोगमा ल्याइएको छ । हेपाटाईटिसको खोप सुरुवाती अवस्थामा छ । सरसफाईमा विशेष ध्यान राखेमा यस रोगको संक्रमणबाट बच्न सकिने चिकित्सकहरु बताउँछन् ।

हेपाटाईटिसको कुन चरणमा के हुन्छ ?
हेपाटाईटिस–ए स् यो भाईरस दूषित भोजन र पानीबाट शरीरमा फैलन सक्दछ । जसको कारण व्यक्तिको कलेजोमा संक्रमण हुन्छ । जसले गर्दा व्यक्तिलाई भोक नलाग्ने, खोकी लाग्ने, उल्टी हुने र शरिर कमजोर हुने गर्दछ ।

हेपाटाईटिस–बी स् यो भाईरस संक्रमित रगत, सुई या असुरक्षित यौन सम्बन्धको कारण फैलने गर्दछ । कलेजोमा रोगको संक्रमण हुँदा रोगी व्यक्तिलाई उल्टी आउने, थकान हुने, पेटमा दुखाई हुने, कपालको रंग पहेलो हुने हुन्छ । यो कलेजोको दिर्घकालिन रोग पनि हो । जसले कलेजोमा सिरोसिस र क्यान्सरको रुपसमेत लिन्छ । यदि गर्भवती महिलामा यसको संक्रमण भयो भने बच्चा पनि यसबाट ग्रसित हुनसक्छ ।

हेपाटाईटिस–सी स् हेपाटाईटिस–ए र हेपाटाईटिस–बीको तुलनामा हेपाटाईटिस–सी ज्यादै खतरनाक हुन्छ । शरिरमा टेटु लेख्दा, दुषित रगत चढाउँदा, संक्रमित सुईको प्रयोग या दोस्रो व्यक्तिको सेभिङ्ग गर्ने सामाग्रीको प्रयोग गर्दा यो रोग फैलन सक्छ । यसको लक्षण गम्भिर अवस्थामा केहि समयपश्चात नै देखा पर्दछ ।

हेपाटाईटिस–डी स् हेपाटाईटिस–बी र सीका रोगीमा यसको संक्रमणको सम्भावना बढि हुन्छ । यो पनि शरिरमा अर्को व्यक्तिको संक्रमित रगत हाल्दा, संक्रमित सुईको प्रयोग या दोस्रो व्यक्तिको सेभिङ्ग सामाग्रीहरुको प्रयोग गर्दा यस्तो रोग फैलन सक्छ । यो रोगको संक्रमण भएसँगै शरिर कमजोर हुने र उल्टी भईरहने हुन्छ ।

हेपाटाईटिस–ई स् यो भाईरस दूषित खानेपानीबाट फैलने गर्दछ । यसबाट बिरामीलाई थकान हुने, शरिरको तौल घट्ने, कपाल पहेंलो हुँदै जाने हुन्छ । अहिले विश्वमा यसको विरामी भने कम भएको मानिन्छ ।

यी कुरामा विशेष ध्यान दिनुपर्छ ?
१। लक्षण देख्ने वित्तिकै जाँच गराउनु स् हेपाटाईटिसको लक्षण देखिएको खण्डमा तुरुन्त जाँच गराउनु पर्दछ । संक्रमण भएको खण्डमा कपाल पहेंलो हुँदै जाने, पिसाब पहेंलो हुने, खोकी लागीरहने र शरिरमा केहि परिवर्तन आउने हुन्छ । यस्तो अवस्थामा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्दछ ।

२। खानेकुरामा सावधानी गर्नु स् सडक छेउछाउ बेचिने खानेकुरा नखानु । किनकी ती खानेकुरा धेरै प्रदुषित हुन्छन् । जसको कारण व्यक्तिलाई हेपाटाईटिस रोगको संक्रमण हुने सम्भावना हुन्छ । वर्षाको बेलामा पानी पिउँदा पनि विशेष सावधानी अपनाउनु पर्ने चिकित्सकको सल्लाह छ ।

३। असुरक्षित यौनसम्बन्धबाट बच्नु स् हेपाटाईटिस रोग संक्रमण असुरक्षित शारीरिक सम्बन्धबाट पनि हुने गर्दछ । यदि संक्रमित व्यक्तिसँग असुरक्षित यौन सम्बन्ध गरेको अर्को व्यक्तिमा सिधै रोग सर्ने गर्दछ ।

४। नवजातलाई खोप लगाउनु स् पछिल्लो समय गर्भवती महिलालाई हेपाटाईटिसको खोप लगाउने सल्लाह दिइन्छ । साथै नवजात शिशुलाई पनि खोप लगाउने गरिन्छ । गर्भाअवस्थामा हेपाटाईटिस–ईको संक्रमण बढि हुने जोखिम हुन्छ । यसको उपचार नहुनुको कारण पनि जोखिममा ध्यान नदिनु नै उपचार हो । यसबाट बच्नको लागि शुद्ध पानी पिउने, खानेकुरा खानुभन्दा पहिला साबुनले हात धुने गर्नुपर्दछ । गर्भवती भएको अवस्थामा बाहिरको खान नखानु उचित हुन्छ ।

रोग लागेमा र रोग नलाग्न के खाने ?
खानामा हरियो सागसब्जी, सलाद, टमाटर, मुला, ब्राउन राई, सफा अनि ताजा फलफुल, नरिवल पानी, किशमिश, बदाम आदि मिलेसम्म नियमित खानु । हरियो सागसब्जी राम्रोसँग सफा गरेर नियमित खानु ।

-यो लेख विभिन्न एजेन्सीको सहयोगमा बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस

<