खुकुरी निर्माण तालिम सम्पन्न

 

 

असार १३, सल्यान ।
सल्यानमा खुकुरी निर्माणका लागि १ महिने तालिम सम्पन्न भएको छ । जिल्लाको बागचौर नगरपालिकाको बाङ्गेलाखुरीमा संचालन भएको तालिमको बिहिबार नगर उप(प्रमुख कल्पना पुनले समापन गरेकी छन् ।

बागचौर नगरपालिकाको आर्थिक सहयोग तथा विकासशिल समाज, नेपालको आयोजनामा भएको उक्त तालिममा १२ जना ले तालिम लिएका छन् । तालिमको समापनमा उप–प्रमुख पुन, विकाशसिल समाज का अध्यक्ष मान सिंह बि.क., नगरका प्रमुख प्रशासकिय अधिकृत जगत बहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अथितिहरुले सिकेको सीपलाई आफ्नो उद्योग मार्फत प्रर्दशन गर्ने कुरामा विश्वास व्यक्त गरेका थिए । यसैक्रममा उपप्रमुख पुनले सल्यानी खुकुरीले विश्वभर ख्याति कमाएको भन्दै यसको बजार बढाउन तथा यस पेशालाई प्रवर्द्धन गर्न नगरपालिकाले आगामी दिनमा पनि सहयोग गर्ने बताइन ।

समाजका अध्यक्ष बि.क. ले आफ्नो सामाजिक संस्थाको पहलमा आगामी दिनहरुमा पनि वेरोजगार जनशक्तिलाई रोजगार मिल्ने प्रकारका तालिमहरु संचालन गरिने बताए । तालिममा सहभागी भई सीप सिकेकाहरुले आफुहरुलाई स्थानीय तहले सीप सिकाएको मा धन्यवाद दिदै सिकेको सिपलाई व्यवसायिक धारमा परिणत गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

<