मेयरको कार्यकक्षमा के म घुस दिउ भनेर आएपछि घटेको सल्यानको घटना यस्तो


 

            सल्यान, १३ असार ।
सल्यानमा असार १० गते शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख धनबहादुर ओली घुस रकमसहित पक्राउ परे । उनलाई २५ हजार नगद रुपैयाँ घुस रकमसहित पक्राउ गरियो ।
पर्वतको महाशिला गाउँपालिकाको महेन्द्र रत्न माविबाट सल्यानको महेन्द्र मावि पिपलनेटा सरुवा हुन चाहेका युवराज आचार्यसंग इकाई प्रमुख वलीले रकम मागेपछि उनि शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी सम्म पुगे । नगरको कार्यकक्षमा पुगेका उनले त्यहाँ पुगेर समस्या बताएपछि घटनाले अर्कै मोड लियो ।

कार्यकक्षमा नै म घुस दिउ त मेयर साप ? भनेपछि भ्रष्टाचारको अभियानमा लागेको बताउने मेयर सुरेश अधिकारीलाई सहिनसक्नु भयो र उनले प्रशासन सम्म पुगेर अख्तियारबाट समाउन लगाउनुहोस् भन्ने जवाफ दिए । त्यसपछि नै रंगेहात इकाई प्रमुख वलीलाई रंगेहात पकड्न अख्तियार तथा प्रशासन सफल भयो । यो कुरा शुक्रबार सुरेश अधिकारीले सल्यान शीतलपाटीमा भएको कार्यक्रममा खुलासा गरेका छन ।

उनले जिल्लामा त्यस्ता भ्रष्टाचारीहरुलाई बहिस्कार गर्नुपर्ने भन्दै विभिन्न राजनीतिक दलबाट आफुलाई दवाव आएको र पिडित शिक्षक आचार्यलाई दोषी भन्दै झनै सरुवा हुन नदिने चलखेल चलेको तर्फ गम्भिर बन्न अनुरोध गरेका छन । आफुले भ्रष्टाचारीलाई कार्वाही गर भन्दा विभिन्न शिक्षक संगठनहरुले भ्रष्टाचारीको बचाउ गर्दै आफुलाई गलत गरेको आरोप र त्यस्ता कुराले आफुलाई अगाडि बढ्न नरोक्ने बताए ।

उनले भने– ‘म लामो समय विकासे अयामा बसेका मान्छे हु राजनीतिक दलका नेताहरुलाई चिन्छु र उहाँहरुका आनिवानीसंग पनि परिचित छु । उनले राजनीतिको आडमा हुने गलत कामको विरोध गर्ने भन्दै भ्रष्टाचारको विरुद्धमा लाग्दा रोइकराई हैन राजनीति भन्दा माथी उठ्न सम्बन्धीत पक्षलाई अनुरोध गरे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले वलीलाई घुस रकम लिएको अवस्थामा मंगलबार कार्यकक्षबाटै पक्राउ गरेको हो । शिक्षक सरुवाको सहजीकरण गरेवापत एक सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

उनले पिडित आचार्यलाई अन्तरजिल्ला सरुवा हो अरुले भए १ लाख नै लिन्थे ठिकै छ तपाईले २५ हजार दिनुस तपाईको सरुवा हुन्छ भनेपछि घरपायक हुने भएपनि हामीले विरोध नगरे पछिल्ला पिढिले पनि अझै दुःख पाउने भएकाले जे पर्ला पर्ला भनेर नगरसम्म पुगेको बताएका हुन ।

उनले आफुले सहि गरेपनि केहि व्यक्तिले तपाईले यति गरे के हुन्थ्यो र ? तपाइको सरुवा भैहाल्थ्यो बेकारमा झन्झट हुन्नथ्यो भन्नेहरु पनि भएको भन्दै हामी पढेलेखेको सचेत नागरिकले भ्रष्टाचारको विरोध नगरे देश नै विग्रने बताए ।

ओली गएको वैशाख ११ गतेदेखि सल्यानमा इकाई प्रमुखको रूपमा कार्यरत थिए । ओलीको मुद्दाको आवश्यक प्रतिवेदन तयार गरिसकेपछि विशेष अदालतमा मुद्दा दायर गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए । आवश्यक प्रकृया पूरा गरेपछि मुद्दा प्रकृया अघि बढाइने उनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

<