घट्दै कोरोना संक्रमण, मृत्युु दर पनि घट्यो

काठमाडौं  । कोरोना संक्रमित हुुनेहरुको संख्या घट्दै गएको छ । त्यस्तै मृत्युु हुुनेहरुको संख्या पनि केहि घट्दै गएको छ । प्रत्येक २४ घण्टामा लिईने तथ्यांक अनुुसार आज धेरै दिनपछि मृत्युु हुुनेको संख्या एक सय भन्दा कम देखिन्छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार ८ सय २१ जनाले कोरोना भाइरस (कोभिड–१९) जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या चार लाख २८ हजार ६७० पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या पाँच लाख ४९ हजार ११९ पुगेको छ । सँगै २४ घण्टामा ९६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस