नेपालमा भेटिए कोरोनाका पाँचौ संक्रमित

काठमाडौं, १५ चैत ।

नेपालमा कोरोनाका पाँचौ संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बेल्जियमबाट काठमाडौं आएकी युवतीमा कोरोना देखिएको हो ।

बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी ती २२ वर्षीया युवतीमा कोरोना पोजिटिभ देखिएको हो । उनका अनुसार ती युवती अहिले चिकित्सकको निगरानीमा उपचार गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस

<