दैनिक मजदुरी गर्ने मजदुरलाई छत्रेश्वरी गाउँपालिकाले खाद्यन्नको व्यवस्था गर्ने

सल्यान, १५ चैत ।
जिल्लाको छत्रेश्वरी गाउँपालिकाले दैनिक ज्यालादारी, मजदुरी तथा अति विपन्न परिवारलाई खाद्यन्नको व्यवस्था गर्ने भएको छ ।
दैनिक ज्यालादारी, मजदुरी तथा अति विपन्न परिवारको तथ्यांक संकलन गरी राहत प्याकेज अनुसार खाद्यन्न व्यवस्था गर्ने भएको हो ।

लकडाउनका कारण दैनिक ज्यालादारीमा जान नकस्ने विपन्न परिवारको तथ्यांक संकलन गरेर खाद्यन्नको व्यवस्था गरिने छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए ।

सम्बन्धित वडा अध्यक्षहरुसँग समन्वय गरी अति विपन्न परिवारलाई राहत उपलब्ध गराइने उनको भनाई छ । उनले भने महामारीको समयमा अति विपन्न श्रमिक र उनका परिवारहरु भोकै बस्न नपरोस भन्ने उद्देश्यका साथ प्रक्रिया अघि बढाएको हों ।

यस्तै विदेशबाट आएका व्यक्तिहरुको तथ्यांक संकलन गर्ने कार्य भइरहेको गाउँपालिका अध्यक्ष केसीले बताएका छन् । वैदेशिक रोजगारीबाट फर्किएकाहरुको तथ्यांक संकलन गरी उनीहरु र उनीहरुको परिवारलाई स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस

<