शारदा नगरपालिका भित्रका विपन्न परिवारलाई खाद्यन्न वितरण

सल्यान,१५ चैत ।
लकडाउनका कारण काममा जान नसकेका मजदुरलाई शारदा नगरपालिकाले खाद्यन्न वितरण गरेको छ ।
दैनिक ज्यालादारी गरेर आफ्नो परिवार पाल्दै आइरहेका नगरपालिका भित्रका २० अति विपन्न घरपरिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरिएको हो ।

दैनिक मजदुरी गरेर आफ्नो परिवारको गर्जो टार्दै आइरहेका मजदुरहरुलाई लकडाउन पश्चात परिवार पाल्न समस्या देखिएपछि राहत वितरण गरिएको शारदा नगरपालिकाका प्रवक्ता दिपक हमालले बताए ।

जिल्लामै नगरपालिकाले पहिलो पटक अति विपन्न परिवारलाई राहत वितरण गरेको उनको भनाई छ । उनका अनुसार प्रति व्यक्ति २५ किलोको एक बोरा चामल, २ बोतल तेल, २ किलो दाल, र २ पोका नुन रहेको छ । दिनभर मजदुरी गर्ने अति विपन्न परिवारलाई दुई महिनासम्म पुग्ने गरी खाद्यन्न सामाग्री वितरण गरिएको हमालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

<