नेपाल एयरलाइन्सको विमान नेपालगन्जमा दुर्घटना

बाँके, १५ चैत ।
नेपाल एयर लायन्सको वाई १२ जहाज नेपालगन्ज विमानस्थलमा दुर्घटना भएको छ।

क्वारेन्टाइन र अस्पतालमा रहेका कोरोना भाइरसका आंशकितको स्याम्पल लिन काठमाडौंबाट आएको उक्त विमान नेपालगन्ज विमानस्थलमा धावन गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए।

जहाजमा सवार सबै सकुशल रहेको उनले बताए। दुर्घटनाको पूर्ण्विवरण आउन केही बेर लाग्ने उनले बताए। ‘नेपाल एयरलायन्सको विमान दुर्घटना भएको छ, थप विवरण पछि उपलब्ध गराउँला,’ उद्धारमा खटिएको बताउँदै ठाकुरले भने, ‘जहाजमा सवार सबै सकुशल छन् ।

प्रतिक्रिया दिनुहोस

<