दार्मा गाउँपालिकामा पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

सल्यान, १६ फाल्गुन ।
दार्मा गाउँपालिकामा स्थानीय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबारबाट शुरु भएको छ । श्री जनज्योति माध्यमिक विद्यालय फारुलाचौरमा शुरु भएको प्रतियोगिता १७ गतेसम्म सञ्चालन हुँने छ । तीनसम्म हुँने प्रतियोगितामा गाउँपालिका भित्रका चार विद्यालयमा विद्यार्थीको सहभागिता रहेको छ । विभिन्न २८ खेलमा प्रतियोगिता हुँने आयोजकले जनाएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले युवाहरुलाई राष्ट्र प्रति र खेलप्रति जागृत गर्न यस प्रकारका प्रतियोगिता प्रभावकारी हुने बताए । खेलक्षेत्रबाट नेपाललाई चिनाउन सकिने बताउदै उनले राज्यले खेलकुदमा लगानी गरेको बताए ।

यस्तै दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले युवा जनशक्ति परिचालित भएमा समृद्धि आउने बताए । गाउँपालिकाका भित्रका युवाहरुलाई खेलकुद प्रति आर्कषित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आईरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

<