सल्यानमा महायज्ञको तयारीका लागि जुट्यो टोली

सल्यान, १६ फाल्गुन ।
सल्यानमा बृहत धार्मिक जागरण महायज्ञ सञ्चालन गर्ने र प्रदेशस्तरीय धार्मिक प्रशिक्षण प्रतिष्ठानको भवन तयार गर्ने उदेश्य बमोजिम जिल्ला कार्यसमिति र विशेष गरी शारदा नगरकार्यसमितिले पहल गर्न थालेको छ । स्थानीय तहहरुमा सदस्य विस्तार, संगठन निर्माण र प्रचारप्रसारको कामलाई अहिले तिब्र गतिमा अगाडि बढाइएको छ ।

सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा २०७७ बैशाख २४ गतेदेखि महायज्ञ सञ्चालन गर्ने तयारी अनुुसार नै विभिन्न गतिविधि अगाडि बढाइएको विश्वहिन्दुु महासंघका केन्द्रिय सदस्य एबं शारदा नगरसमिति अध्यक्ष गुमानसिंह बस्नेतले जानकारी दिएका छन् । धार्मिक प्रशिक्षण प्रतिष्ठानको भवन निर्माण गर्ने र विश्वहिन्दुु महासंघको सल्यान जिल्ला तथा प्रदेशकै सम्पर्क कार्यालयको रुपमा रहने गरी कार्यालय व्यवस्थापन गर्ने पहल भईरहेको पनि जानकारी दिइएको छ ।

त्यसैगरी गौसंरक्षणका लागि समेत आवश्यक समन्वय गर्ने र हिन्दुुहरुको साझा थलोको रुपमा प्रदेशस्तरीय केन्द्र निर्माण गर्ने उदेश्यले महायज्ञ सञ्चालन गरिने शारदा नगरसमिति उपाध्यक्ष रामसिंह बुढाथोकीले बताए । यसअघि नै श्रीनगरका स्थानीय व्यापारी श्री कमानसिंह बुढाथोकीको नेतृत्व रहने गरी महायज्ञ मूल आयोजक समिति गठन भैसकेको छ ।

त्यसैगरी सदस्यता विस्तारसंगै जिल्लाका विभिन्न स्थानीय तहमा पुुगेर समन्वय गर्ने जिम्मेवारी अनुसार आफूू फिल्डमा खटिनथालेको शारदा नगरसमिति सदस्य टोपेन्द्र शर्माले जानकारी दिएका छन् ।

त्यस्तै भवन निर्माणका लागि जग्गादाताको खोजी भईरहेको र केही दाताहरु समेत जुट्नथालेको शारदा नगरसमितिका वरिष्ठ उपाध्यक्ष चेतकान्त शर्माले बताएका छन् ।

महायज्ञ तयारी समितिले जिल्लाभर नै समन्वय गरिरहेको छ । विश्वहिन्दु महासंघको जिल्ला तथा नगर कार्यसमितिसित समन्वय गरेर उक्त समितिले महायज्ञ सञ्चालनको तयारी गरिरहेकोे छ । पछिल्लो समय धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सवैको ध्यान जाना थालेको छ । बदलिदो परिवेश अनुुसार सवैको चासो, चिन्ता र आवश्यकताको विषय बनेपछि अहिले धार्मिक क्षेत्रमा पनि मानिसहरु सक्रिय बनेका हुन् ।

महायज्ञ र महायज्ञको उदेश्य पुुरा गर्नका लागि गुरु पुरोहितदेखि लिएर सम्पूर्ण जिल्ला तथा नगरकार्यसमिति सदस्यहरु, राजनैतिक दल, समाजसेवी, कर्मचारी, व्यापारी, कृषक, मजदुुर लगायत सवैको सहयोग आवश्यक पर्ने निष्कर्ष महासंघमा क्रियाशिल पदाधिकारीहरुको रहेको छ ।

प्रतिक्रिया दिनुहोस

<