मिनि निर्वाचन कि विद्यालय व्यवस्थापन समितिको गठन ?

कता कता सुन्दा पनि आश्चार्यजनक कुराहरु हामै्र अगाडि देखिन थालेका छन् । विद्यालय व्यवस्थापन समितिमा आफ्नो पार्टीको वा आफू निकटको नेतृत्व ल्याउन मरिहत्ते गरेका दृष्यहरु छ्यापछ्याप्ती देखा परेका छन् । वि.व्य.स. गठन यति धेरै कठिन भएको छ कि वडाध्यक्ष, गाउँपालिका अध्यक्ष वा मेयर बन्न गर्ने कसरथ जस्तो दृष्य देखा पर्न थालेको छ ।

नेताहरुले सम्पूूर्ण शक्ति प्रयोग गरेका दृष्यहरु झल्झल्ती देखिन्छन् । निर्वाचनप्रश्चात व्यवस्थापन समितिमा छनौट हुुनेहरुलाई जसरी मेयर नै जितेजसरी बधाई दिने, अविर दल्ने र प्रशंसा गर्ने गरिएको छ, यसले मिनि निर्वाचनको झल्को दिने गरेको छ । यस प्रवृत्तिले हाम्रो शिक्षापद्धति कता जाँदैछ, भनेर सोच्नेवेला पनि भएको छ ।

वि.व्य.स.पदाधिकारीलार्ई सांसद्को बधाई, गाउँपालिका अध्यक्ष र नगरप्रमुुखहरुको बधाई, शुुभकामना र भेटघाटले वि.ब्य.स. गठन हो कि जनप्रतिनिधि छनौट गरेको हो भनेर प्रश्न गर्ने अवस्था बनेको छ । पुरै प्यानल एमाले समर्थक, पुरै प्यानल कांग्रेस समर्थक या पुरै प्यानल माओवादी समर्थक आयो भन्दै जसरी राजनैतिक दलसंगै जोडेर हेर्ने प्रचलन बढेको छ, यसले भोलि जताततै राजनैतिक रङ दिने निश्चित छ ।

एमाले समर्थक यति, माओवादी समर्थक यति र कांग्रेस समर्थक यति जना भन्दै सामाजिक सञ्जालमै व्यापक बनाएर प्रचारप्रसार गर्नुले शिक्षामा सुुधार हुुदैन । शिक्षामा सुुधार गर्न त राम्रो काम जसले गरेता पनि प्रसंसा गर्नुपर्दछ र नराम्रो काम गरेमा खण्डन पनि गर्नसक्नुुपर्दछ । सामाजिक काममा राजनैतिक रङ दिनैपर्छ भन्ने हुदैन । जो भएपनि योग्य, असल र सक्षम व्यक्ति भए हुन्छ ।

पछिल्लो समय सवै कुुरामा राजनीति जोड्ने जुुन खराब प्रचलन बढेको छ, यसले देशलाई बर्बादीको दिशातिर लिएको छ । राम्रो मान्छे नभै हाम्रो मान्छे नेतृत्वमा ल्याउनुुपर्छ भन्ने कुराले समाजमा असल नेतृत्वहरु पतन हुुनुपर्ने अवस्था देखिन्छ । कुुनै नेताको पुुच्छर नसमाती अगाडि बढ्नै नसक्ने अवस्था आउनु स्वाभिमानी नेपालीका लागि अत्यन्तै दुखद कुरा हो । यस्तो अवस्था आउनुहुदैन, हुनुहुदैन र देशलाई बर्वादिको दिशामा लिनुहुदैन ।

प्रतिक्रिया दिनुहोस

<