भइपरी आउने घटना र प्रकृतिसामु हामी निरीह नै छौं

संसारमा जतिसुकै विकास होस् ता पनि संकट र विपद्हरु आउन छोडेका छैनन् । मानिस अनेक किसिमले सुरक्षित हुन खोज्छ र पनि असम्भव भएको छ । कुनै न कुनै प्रकारको आकस्मिक घटनाहरु भइनैरहेका छन् र यो क्रम चलि नै रहने देखिन्छ । यहाँ राजा, मन्त्री, शासक र प्रशासक कोहि पनि सुरक्षित छैनन् । यसलाई सांसारिक नियम नै मान्नुपर्ने अवस्था छ । गरिब र साना वर्गका लागि सानै समस्याले सताईरहेको हुन्छ भने ठूला बडाहरुलाई ठूलै खाले समस्याहरु आउछन् । यतिवेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लगायत ७ जनाको हेलिकोप्टर दुर्घटनामा परेर निधन भएको छ । तेह्रथुमको आठराई चुहानडाँडामा निर्माण गरिने विमानस्थलको अनुगमन गरेर ताप्लेजुङको पाथिभरा हुँदै फर्किने क्रममा मन्त्री चढेको हेलिकप्टर दुर्घटना भएको हो । यतिवेला मुलुक शोकाकुल छ । शोक मनाउन र मृतकको सम्मान एबं स्मृतिका लागि भनेर सरकारले एकदिन सार्वजनिक विदा नै गर्यो । नागरिक उड्ययनमन्त्री आफैं उड्डयन असुरक्षामा पर्नु झनै दुःखद घटना हो । यसपटकको दुर्घटनामा मन्त्रि रविन्द्र अधिकारी सहित पछिल्लो समय उदाएका व्यवसायी आङछिरिङ शेर्पा, उच्चपदस्थ अधिकारीदेखि राजनीतिक सल्लाहकार र सुरक्षाकर्मीसमेत परेका छन् ।
घटनाको सन्दर्भमा देशविदेशमा रहेका सवै नागरिकहरुले दुख मनाउ गरिरहेका छन् ता पनि अब सहनुको विकल्प छैन र सवैलै धैर्यधारण गर्नुको विकल्प छैन । मात्रै अब यस प्रकारका घटना फेरी नदोहोरियुन भनेर कामना गर्ने हो र विगतबाट केहि पाठ सिक्दै सजगता र सतर्कता अपनाएर दुर्घटना न्यूनिकरणको उपायहरु खोज्ने हो । तर पुरै रोकथाम गर्न वा घटनाहरु सून्यमा झार्न सकिदैन । मानब विकासका चरण र श्रृंखलाले त्यहि नै बताउछ । अकस्मात हुने र आउने बाढि, पहिरो, भुकम्प, चट्याङ, आगलागी, ज्वालामुखि जस्ता प्राकृतिक र भइपरी आउने घटनाहरुबाट मानिस जोगिन सकेको छैन । कभइपरी आउने घटना र प्रकृतिसामु हामी निरीह नै छौं
संसारमा जतिसुकै विकास होस् ता पनि संकट र विपद्हरु आउन छोडेका छैनन् । मानिस अनेक किसिमले सुरक्षित हुन खोज्छ र पनि असम्भव भएको छ । कुनै न कुनै प्रकारको आकस्मिक घटनाहरु भइनैरहेका छन् र यो क्रम चलि नै रहने देखिन्छ । यहाँ राजा, मन्त्री, शासक र प्रशासक कोहि पनि सुरक्षित छैनन् । यसलाई सांसारिक नियम नै मान्नुपर्ने अवस्था छ । गरिब र साना वर्गका लागि सानै समस्याले सताईरहेको हुन्छ भने ठूला बडाहरुलाई ठूलै खाले समस्याहरु आउछन् । यतिवेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लगायत ७ जनाको हेलिकोप्टर दुर्घटनामा परेर निधन भएको छ । तेह्रथुमको आठराई चुहानडाँडामा निर्माण गरिने विमानस्थलको अनुगमन गरेर ताप्लेजुङको पाथिभरा हुँदै फर्किने क्रममा मन्त्री चढेको हेलिकप्टर दुर्घटना भएको हो । यतिवेला मुलुक शोकाकुल छ । शोक मनाउन र मृतकको सम्मान एबं स्मृतिका लागि भनेर सरकारले एकदिन सार्वजनिक विदा नै गर्यो । नागरिक उड्ययनमन्त्री आफैं उड्डयन असुरक्षामा पर्नु झनै दुःखद घटना हो । यसपटकको दुर्घटनामा मन्त्रि रविन्द्र अधिकारी सहित पछिल्लो समय उदाएका व्यवसायी आङछिरिङ शेर्पा, उच्चपदस्थ अधिकारीदेखि राजनीतिक सल्लाहकार र सुरक्षाकर्मीसमेत परेका छन् ।
घटनाको सन्दर्भमा देशविदेशमा रहेका सवै नागरिकहरुले दुख मनाउ गरिरहेका छन् ता पनि अब सहनुको विकल्प छैन र सवैलै धैर्यधारण गर्नुको विकल्प छैन । मात्रै अब यस प्रकारका घटना फेरी नदोहोरियुन भनेर कामना गर्ने हो र विगतबाट केहि पाठ सिक्दै सजगता र सतर्कता अपनाएर दुर्घटना न्यूनिकरणको उपायहरु खोज्ने हो । तर पुरै रोकथाम गर्न वा घटनाहरु सून्यमा झार्न सकिदैन । मानब विकासका चरण र श्रृंखलाले त्यहि नै बताउछ । अकस्मात हुने र आउने बाढि, पहिरो, भुकम्प, चट्याङ, आगलागी, ज्वालामुखि जस्ता प्राकृतिक र भइपरी आउने घटनाहरुबाट मानिस जोगिन सकेको छैन । कहिले हवाई दुर्घटना, कहिले रेल दुर्घटना, कहिले बस दुर्घटना, कहिले बाढि, कहिले ठूलो आगलागि जस्ता घटनाहरु भईनैरहेका छन् । यो सांसारिक नियम नै रहेछ । यतिवेला मुलुकले त्यही अनुभूती गरेको छ ।
२०६३ असोज ७ मा ताप्लेजुङको यही इलाकामा हेलिकप्टर दुर्घटना भएको थियो, जसमा तत्कालीन मन्त्री गोपाल राई, विद्वान् डा. हर्क गुरुङलगायतको निधन भएको थियो । सोहि ठाउँमा घटना दोहरीनुले केहि सतर्कता नपुगेको आभाष हुन्छ ता पनि हुनुहुनामी टार्न नसकिने निष्कर्षमा पुग्नुपर्ने भएको छ ।
अतः सारमा भन्नुपर्दा यसरी प्राकृतिक प्रकोप र भईपरी आउने घटनादेखि हामी जोगिन परिआएको दिन गाह्रो नै देखिन्छ । हामी प्रकृतिलाई जित्न सक्दैनौं । बरु कतिपय अवस्थामा प्रकृतिसित जुध्न कोसिस भने गरेका छौं । गर्मिमा पंखा, जाडोमा बाक्ला कपडा, खोला किनारामा पक्की र बलिया घर बनाउनु जस्ता क्रियाकलाप गर्नु भनेको प्रकृतिसित जुध्ने कोसिस गर्नु हो । जसले केहि हदसम्म घटनालाई न्यूनिकरण गर्दछ । सजगता र सतर्कता भनेको पनि त्यस्तै हो, जसले विगतको अनुभवलाई बेवास्ता गर्नु हुँदैन भन्ने निष्कर्ष आउँछ । विगतका अनुभवहरुलाई नसम्झनु हाम्रो ठूलो भुल हुन जान्छ । आगामी दिनमा सरकार र नागरिक सवैले त्यहि पाठ सिक्न जरुरी छ र घटना घट्नुअघि नै सतर्कता अपनाउन जरुरी छ । जति सक्दो सरकारले दुुर्घटना न्यूनिकरणका उपाहरु अपनाओस् । नागरिकहरुले पनि कुनै प्रकारको जिद्धि नगरी परिस्थितिलाई बुझ्न जरुरी छ । सवैले आ आफ्नो ठाउँमा सतर्कता र सजगता अपनाऔं । यसैमा हामी सवैको कल्याण हुनेछ । तर पूर्णरुपमा रोकथाम गर्न भने कठिन नै हुने देखिन्छ । अतः भइपरी आउने घटना र प्रकृतिसामु हामी निरीह बन्नुको विकल्प पनि छैन ।
हिले हवाई दुर्घटना, कहिले रेल दुर्घटना, कहिले बस दुर्घटना, कहिले बाढि, कहिले ठूलो आगलागि जस्ता घटनाहरु भईनैरहेका छन् । यो सांसारिक नियम नै रहेछ । यतिवेला मुलुकले त्यही अनुभूती गरेको छ ।
२०६३ असोज ७ मा ताप्लेजुङको यही इलाकामा हेलिकप्टर दुर्घटना भएको थियो, जसमा तत्कालीन मन्त्री गोपाल राई, विद्वान् डा. हर्क गुरुङलगायतको निधन भएको थियो । सोहि ठाउँमा घटना दोहरीनुले केहि सतर्कता नपुगेको आभाष हुन्छ ता पनि हुनुहुनामी टार्न नसकिने निष्कर्षमा पुग्नुपर्ने भएको छ ।
अतः सारमा भन्नुपर्दा यसरी प्राकृतिक प्रकोप र भईपरी आउने घटनादेखि हामी जोगिन परिआएको दिन गाह्रो नै देखिन्छ । हामी प्रकृतिलाई जित्न सक्दैनौं । बरु कतिपय अवस्थामा प्रकृतिसित जुध्न कोसिस भने गरेका छौं । गर्मिमा पंखा, जाडोमा बाक्ला कपडा, खोला किनारामा पक्की र बलिया घर बनाउनु जस्ता क्रियाकलाप गर्नु भनेको प्रकृतिसित जुध्ने कोसिस गर्नु हो । जसले केहि हदसम्म घटनालाई न्यूनिकरण गर्दछ । सजगता र सतर्कता भनेको पनि त्यस्तै हो, जसले विगतको अनुभवलाई बेवास्ता गर्नु हुँदैन भन्ने निष्कर्ष आउँछ । विगतका अनुभवहरुलाई नसम्झनु हाम्रो ठूलो भुल हुन जान्छ । आगामी दिनमा सरकार र नागरिक सवैले त्यहि पाठ सिक्न जरुरी छ र घटना घट्नुअघि नै सतर्कता अपनाउन जरुरी छ । जति सक्दो सरकारले दुुर्घटना न्यूनिकरणका उपाहरु अपनाओस् । नागरिकहरुले पनि कुनै प्रकारको जिद्धि नगरी परिस्थितिलाई बुझ्न जरुरी छ । सवैले आ आफ्नो ठाउँमा सतर्कता र सजगता अपनाऔं । यसैमा हामी सवैको कल्याण हुनेछ । तर पूर्णरुपमा रोकथाम गर्न भने कठिन नै हुने देखिन्छ । अतः भइपरी आउने घटना र प्रकृतिसामु हामी निरीह बन्नुको विकल्प पनि छैन ।

प्रतिक्रिया दिनुहोस

<