विकाससँगै अपराधको हव हुने खतरामा सुर्खेतः प्रजिअ रेग्मी


सुर्खेत, १२ पुस ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रादेशिक राजधनीको रुपमा रहेको सुर्खेत विकाससँगै अपराधको हव हुने खतरामा रहेको बताएका छन् ।

आइतबार वीरेन्द्रनगरमा अनौचारिक सेवा केन्द्र इन्सेकले आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक वार्षिक सम्पादन प्रतिवेदन २०२१ बारे जानकारी दिन आयोजना गरिएको कार्यक्रमलाई सम्वोधन गर्दै उनले सुर्खेत अपराधको हव बन्ने खतरामा रहेको बताएका हुन् ।

‘पछिल्लो समयमा सुर्खेतमा निरन्तर जनसंख्या बढेको छ । यसले यहाँको शान्ति सुरक्षा नियन्त्रणमा चुनौती दिइरहेको छ ।’ उनले भने, ‘अन्य जिल्लाबाट अपराध गरेर यहाँ लुक्न आउनेहरुको जमात बढन सक्ने देखिएको छ ।

वीरेन्द्रनगर अब पहिलेको जस्तो सानो क्षेत्र नभइ सबै हिसाबले विकसित हुँदै गएका कारण यस्ता जोखिम बढेका छन् ।’ उनले यस्ता अपराध न्यूनिकरण गर्नका लागि सबै पक्ष सजग र सचेत हुनुपर्नेमा जोड दिए । उनले इन्सेकले मानवअधिकार प्रति संवेदनशील बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउँदै यसले राज्या निकायलदाई जिम्मेवार र नागरिक अधिकार मैत्री बनाउन टेवा पु¥याउने बताए ।

इन्सेकका प्रलेख टिका विष्टका अनुसार २०२० मा राज्य पक्षबाट तीन जनाको गिरफ्तार भएको बताईन । उनका अनुसार राज्यपक्षबाट तीन जनालाई धम्की दिइएको, एक जनाको हत्या भएको, झडपको एक घटना भएको छ ।

‘जिल्लामा गैर राज्य पक्षबाट पाँच जना बालिका बलात्कृत भएको, चार बालिका माथि बलात्कार प्रयास वा यौन दुव्र्यवहार भएको, चार ओटा बालअधिकार हननका घटना भएको, ६ वटा बलात्कारको घटना भएको, महिलामाथि एक बलात्कार प्रयास भएको र घरेलु हिंसाका ६२ वटा घटना घटेको पाइएको छ ।’

उनले भनिन्, ‘यी सबै घटनामा संलग्नहरु कतिपय फरार अवस्थामा रहेका छन् । राज्य पक्षले आफूबाट भएका गल्ती तथा कमजोरीलाई सुधार्दै मानवअधिकार मैत्री बन्न जरुरी रहेको छ ।’

उनका अनुसार अहिलेपनि समाजमा कानूनबारेका नागरिक कमै जानकार भएको तर कानून थाहा पाएन भन्ने छुट नभएको बताउँदै कानूनलाई जनस्तरसम्म प्रचार प्रसार गर्न आवश्यक रहेको बताइन् ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधी, अगुुवा, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

<